CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण “शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत प्रमुख कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेपाल बीमा प्रधिकरणका उप निर्देशक पदम प्रसाद सोडारी र सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले प्रदान गरेक थिए । उप निर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिएका थिए। सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले कर्मचारीहरूका लागि कार्यस्थलको मूल मान्यता, नैतिक मानक र अनुपालन आवश्यकताहरूको बारेमा चर्चा गर्दै, आफ्ना सहकर्मीहरू र अन्य आन्तरिक तथा बाह्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गर्न आफूमा के–कस्ता परिवर्तनहरू ल्याउन आवश्यक पर्छ भन्ने विषय-वस्तुमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्वमा प्रकाश पार्दै कम्पनीका सबै कर्मचारी र तहमा यसलाई अक्षरस पालना गरिने बारेको स्पटोक्ति गरे। साथै यस निर्देशिकाको अनुपालनमा आफुहरूले कुनै कसर बाँकी नराख्ने कुरा समेत व्यक्त गरे। साथै प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न , कर्मचारीहरू बिच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकाश हुने विश्वास व्यक्त गरे ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १६९ शाखा तथा उपशाखाहरु, तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीमा २१,००० भन्दा बादी अभिकर्ताहरू आबद्ध रहेका छन्।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...