CG Electronics
IME Life
NIMB

प्रशंसा संरक्षण समूहको २७औँ साधारण सभा सम्पन्न, अध्यक्षमा अवस्थी निर्वाचित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ‘सेवा नै धर्म हो, एकता नै बल हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी स्थापना भएको सामाजिक संस्था प्रशंसा समूहको अध्यक्षमा हरि प्रसाद अवस्थी निर्वाचित भएका छन् ।

हिजो सोमबार काठमाडौंमा सम्पन्न २७औँ साधारण सभाले अवस्थीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा मोहनसिंह एतवाल, महासचिवमा श्याम ओझा, सचिवमा डम्बर कुमारी रेग्मी र कोषाध्यक्षमा कमला भट्ट पोखरेल निर्वाचित भएका छन् ।

सदस्यहरूमा डा. लक्ष्मीराज पाठक, हरिमोहन भण्डारी, रमेश भट्ट, ज्वाला बिष्ट र भुवनेश्वरी भण्डारी निर्वाचित भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष दोस्रो बरियतामा रहने निर्वाचन समितिका सदस्य उद्धव बोगटीले जानकारी दिए ।

उनका अनुसार नयाँ कार्यसमिति निर्वाचित गर्न नेत्रबहादुर शाही संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सो समितिको सदस्यमा इन्दु भट्ट र उद्धव बोगटी थिए । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ ।

त्यसअघि साधारण सभामा अध्यक्ष हरिप्रसाद अवस्थीले प्रशंसा समूहको प्रगती विवरण र कोषाध्यक्ष बिशेश्वरी उप्रेतीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका संस्थापक अध्यक्ष अम्बादत्त भट्टले नव प्रवेशी सदस्यहरू टीकाराम भट्ट, नेत्रबहादुर शाही, तिलक भट्ट, चन्द्रकान्त पण्डित, इन्दु भट्ट, ललिता ठकुल्ला, भागरथी बिष्ट बसन्ती भट्टलगायतलाई संस्थाको परिचय गराउँदै स्वागत गरेका थिए । कम्तीमा दुई वर्ष संस्थाअन्तर्गत गठित समाजमा काम गरेका व्यक्तिहरूलाई मात्र सदस्यता प्रदान गरिने व्यवस्था छ । सो योग्यता पूरा गरेकाहरूलाई समाजले सदस्यका रूपमा स्वीकार गरेको बताइएको छ ।

प्रशंसा अर्थात् प्रकृति, संस्कृति तथा सामाजिकता संरक्षण समूह, पारस्परिक सहयोग, समझदारी, प्रेम र सदभावको माध्यमबाट सुसंस्कृत, इमान्दार, चरित्रवानसहितको समृद्ध समाज स्थापना गर्ने उद्देश्य बोकेर वि.स. २०५५ सालमा सामाजिक संस्था ‘प्रशंसा समूह’ गठन गरिएको थियो ।

प्रशंसा संरक्षण समूह गैरसरकारी संस्था हो । सांकृतिक उत्थान, प्रकृतिको संरक्षण र सामाजिक मूल्य मान्यताको प्रवर्द्धन गर्दै समुन्नत समाज बनाउने संस्थाको अभियानलाई आत्मसाथ गरी अगाडि बढेको यो संस्था सुदूरपश्चिमको सरोकारका विभिन्न कुराहरूको उठान गर्ने गर्दछ र त्यस भेकको सांस्कृतिक उत्थानमा अग्रसर रहँदै आएको छ ।

काठमाडौंको खुलामञ्चमा गौरा पर्वको आयोजना गरी सबै संस्कृति समुदायलाई सार्वजनिक रूपमा आफ्नो चाडपर्व मनाउन प्ररित गर्ने संस्था प्रशंसा संरक्षण समूह हो ।

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...