CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं। नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकमा पि. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ।

अध्यक्ष कयालले कम्पनीलाई उदाहरणीय बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, अनुसन्धान, तालिम, वैज्ञानिक लगानी विविधीकरण र अन्तर्राष्ट्रिय अभ्यासलाई अपनाउँदै काम भइरहेको जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आ.व. २०८१/८२ को कार्य प्रगति र २०८२/८३ को रणनीतिक योजनाबारे प्रस्तुतीकरण गरेका थिए।

मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका संचालक कमलेश कुमार अग्रवालले बीमितको लगानी सुरक्षित राखी राम्रो प्रतिफल दिलाउन आग्रह गरे भने, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले लगानी गर्दा सही समय, सही स्थान र सही प्रतिफललाई प्राथमिकतामा राख्न र मूल कम्पनीको ब्रान्ड ख्यातिलाई विकासमा उपयोग गर्न सुझाव दिए।

सभाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भएका चार जना सञ्चालक – कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाललाई अनुमोदन गरेको छ।

आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई नयाँ अध्यक्षमा चयन गरेको छ भने सबै नवनियुक्त सञ्चालकहरूले पदबहाली गरेका छन्।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...