CG Electronics
IME Life
NIMB

एमएडब्लू अर्थमुभर्स प्रा. लि. (जेसिबी नेपाल) ले गर्यो १७औं FNBI एजीएममा नेपालको इँटा उद्योगसँग सहकार्य

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। नेपाल २५ सेप्टेम्बर, २०२५ – नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा. लि.ले नेपाल ईट्टा उद्योग महासंघ (FNBI) को १७औं वार्षिक साधारण सभा (AGM) लाई सगर्व प्रायोजन गरेको छ। कार्यक्रम २०८२ भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न भएको थियो। जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो प्रायोजन गरेको हो।

 

कोभिड–१९ महामारीपछिका कठिनाइहरू पार गर्दै इँटा उद्योग बिस्तारै पुनः अघि बढिरहेको छ। अहिले धेरै इँटाभट्टा व्यवसायीहरू आफ्ना उपकरण अपडेट गर्न र सञ्चालन सुधार गर्न लागिपरेका छन्। यस एजीएममा सहभागिता मार्फत् जेसिबी नेपालले उद्योगका महत्वपूर्ण सरोकारवाला र नीति निर्माताहरुसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको छ।

 

कार्यक्रममा जेसिबी नेपालले उच्च दक्षता, बहुउपयोगी क्षमता र मजबुतीका लागि परिचित ११ मिटर क्षमताको टेलिह्यान्डलर JCB Telehandler 530-110प्रदर्शन गरेको थियो। यो मेसिन विशेषगरी इँटा उद्योगका लागि उपयुक्त छ, जसले इँटा र अन्य सामग्री साइटमै लोड गर्ने, थुपार्ने र ढुवानी गर्ने कार्यमा शक्तिशाली पर्फर्मेन्स दिन्छ। यसको आधुनिक डिजाइन र अत्याधुनिक सुविधाहरूले यसलाई उत्पादकत्व र सुरक्षामा सुधार गर्न चाहने इँटा भट्टा सञ्चालकहरूका लागि उत्कृष्ट समाधान बनाउँछ।

 

एजीएमलेजेसिबी नेपालका लागि इँटा भट्टा मालिक र उद्योगका अगुवाहरूसँग सम्बन्ध मजबुत पार्ने उत्कृष्ट अवसर प्रदान गरेको थियो। प्रत्यक्ष भेटघाटमार्फत टोलीले जेसिबीका विविध मेसिनरी सोलुसन्स र यसले इँटा उद्योगका विशेष आवश्यकताहरू पूरा गर्न कसरी सहयोग पुर्‍याउँछ भन्ने बारेमा जानकारीहरू बाँड्ने मौका प्राप्त गरेको थियो।

 

यस सहभागिताले जेसिबीमेसिनहरूको माग बढाउनुका साथै उद्योग विकासमा भरपर्दो साझेदारका रूपमा ब्राण्डको इमेज स्थापित गर्‍यो। गुणस्तरीय मेसिनरी र भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत जेसिबी नेपाल इँटा उद्योगलाई सशक्त बनाउन पाउँदा गर्व गर्दछ।

 

एमएडब्लू अर्थमुभर्स प्रा. लि.नेपालका पूर्वाधार र निर्माण उद्योगलाई सहयोग गर्न निरन्तर प्रतिबद्ध छ। इँटा उद्योगजस्ता प्रमुख क्षेत्रहरूसँग निकट सहकार्य गर्दै जेसिबी नेपालले अझ बलियो, दक्ष र इनोभेटिभ भविष्यको निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...