CG Electronics
IME Life
NIMB

भदौं २४ को जेनजी आन्दोलनको घटनाबारे छानबीनगरी कारबाही गर्न कांग्रेसको माग

NIMB
Himalayan Bank

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले भदौ २३, २४ गते भएको अराजकता गतिविधिमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने कुरामा सबैको समान दृष्टिकोण आएको बताएका छन् ।

बिहिबार बसेको पदाधिकारी बैठकको क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले भदौ २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो निजी सम्पत्तिमाथि आक्रमण भयो यसका बारेमा तत्काल अनुसन्धान गर्नुपर्ने भन्दै यसमा सबै पदाधिकारीहरुको समान दृष्टिकोण आएको बताए ।

उनले भने, ‘भदौ २३, २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो निजी सम्पत्तिमाथि आक्रमण भयो, नेताहरुमाथि आक्रमण भयो, राष्ट्रिय संरचनामाथि पनि आक्रमण भयो, यसका बारेमा तत्काल अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुरामा हामी सबैको समान दृष्टिकोण आएको छ ।’

यस्तै, उनले वर्तमान समयमा देशमा राष्ट्रिय चुनौती खडा भएको भन्दै यस्तो अवस्थामा सकारात्मक सोचसहित देशलाई कमजोर हुनबाट रोक्ने हिसाबले पार्टी अगाडि बढ्ने बताए ।

उनले भने, ‘हाम्रो सामु जुन राष्ट्रिय चुनौती खडा भएको छ । यसले पार्टीको सामु पनि चुनौती खडा भएको छ । यो अवस्थाबाट कसरी अगाडि बढ्ने र आत्मविश्वासको अवस्था सकारात्मक कसरी बनाउने, लोकतान्त्रिक मूल्य र मान्यताप्रति हामी प्रतिबद्ध छौ त्यसलाई कसरी जोगाउने र समग्र देशलाई पनि कसरी कमजोर हुनबाट रोक्ने भन्ने खालको विषयमा सबैले आफ्नो कुरा राख्नु भयो ।’

२४ गतेको घटनालाई गृहमन्त्रालयले नै अब कारबाही नगर भनेको कुराप्रति पार्टीको गम्भिर आपत्ति रहेको पनि उनको भनाई छ ।

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...