Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने

काठमाडौं । टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा लन्च हुने भएको छ । मिडिया रिपोर्टका अनुसार सो नयाँ मोटरसाइकल अपाचे आरटीएक्स ३०० हुनेछ ।

टीभीएसले पहिलो पटक आफ्नो नयाँ इन्जिन आरटी–एक्सडी४ लाई सोही नयाँ मोटरसाइकलमा प्रयोग गर्दैछ । २९९ सीसी क्षमताको उक्त इन्जिनले ९ हजार आरपीएममा ३४.५ बीएचपी पावर र ७ हजार आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्दछ । सो नयाँ इन्जिनलाई स्लिपर क्लच मार्फत ६–स्पीड गियरबक्ससँग जोडिने जनाइएको छ ।

अगाडि यूएसडी फोर्क र पछाडि मोनो–शक जडान हुने आरटीएक्स ३०० मा डुअल च्यानल एबीएस उपलब्ध हुने जनाइएको छ । यसमा रोड गोइङ एडजस्ट गर्न सकिने स्प्रिङ्स पनि यसमा देख्न सकिन्छ । साथै बाइकमा एलईडी लाइट, राइड मोड, पूर्ण रूपमा डिजिटल कन्सोललगायत अन्य धेरै एडभान्स फिचर हुने अपेक्षा गरिएको छ ।

नयाँ बाइक मस्कुलर बडी प्यानलका साथ आउनेछ । साथै यसको हार्डवेयरमा ट्युब टायरसहितको वायर स्पोक ह्विलमा माउन्ट गरिएको फ्रन्ट र रियर डिस्क ब्रेक सेटअप हुनेछ । यसमा टीभीएसले १९ वा २१ इन्चको फ्रन्ट ह्विल उपलब्ध गराउनेछ । कम्पनीले यसलाई अफरोड र अनरोड बाइकको रूपमा पनि उपलब्ध गराउन सक्छ ।

लन्चिङ पछि सो बाइकले भारतीय बजारमा हिरो एक्सप्लस, केटीएम २५० एड्भेन्चर र रोयल इन्फिल्ड हिमालयन ४५० सँग प्रतिस्पर्धा गर्नेछ । सो बाइक टीभीएसको सबैभन्दा महँगो बाइक पनि हुनेछ ।

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला पहिलो दिन ग्राहकको उत्साहकजनक सहभागिता

आजबाट सुरु भयो एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला...

वि.सं.२०८२ असोज २४ शुक्रवार २०:४२

  काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट...

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’

निसानको नयाँ एसयूभीको नाम हुनेछ ‘टेक्टोन’

वि.सं.२०८२ असोज २३ बिहीवार २२:२४

  काठमाडौं । निसानले आगामी दिनमा बजारमा ल्याउने सी–सेगमेन्ट एसयूभीको...

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका टप १० कारमध्ये ३ चाइनिज ब्रान्ड

चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१५

काठमाडौं । चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै...

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक गाडी उद्योगमा नयाँ युग सुरु हुने संकेत

चीनको नयाँ सोलिड स्टेट ब्याट्री प्रविधि, इलेक्ट्रिक...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:१०

काठमाडौं ।चिनियाँ विज्ञान प्रतिष्ठानले सोलिड स्टेट लिथियम ब्याट्रीमा नयाँ आविष्कार...

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क र सुपर मोटो एबीएससहित

टीभीएसले ल्याउँदैछ २०२५ रेडर १२५, ड्युअल डिस्क...

वि.सं.२०८२ असोज २३ बिहीवार २२:००

  काठमाडौं ।टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर...

ड्युअल डिस्क र सिंगल च्यानल एबीएससहित टीभीएस रेडर १२५ सार्वजनिक

ड्युअल डिस्क र सिंगल च्यानल एबीएससहित टीभीएस...

वि.सं.२०८२ असोज २३ बिहीवार २१:५४

  काठमाडौं ।टीभीएसले रेडर १२५ को ड्युअल डिस्क भेरिएन्ट लन्च...