CG Electronics
IME Life
NIMB

नेपालमा जिली ईएक्स५ को क्रेज बढ्दै, दुई महिनामै उच्च बुकिङ र टेस्ट ड्राइभको रेकर्ड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। हालसालै नेपाली बजारमा प्रवेश गरेको प्रख्यात चिनियाँ ईभि ब्राण्ड जिली ईएक्स५ ले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । नेपालमा सार्वजनिक भएको केवल दुई महिनामै गाडी बुकिङ र टेष्ट ड्राइभ गर्न चाहने ग्राहक तथा उपभोक्ताहरुको भीडले यसलाई पुष्टि गरेको कम्पनीले जनाएको छ ।

काठमाडौं लगायत पोखरा र विराटनगरबाट समेत आएका ग्राहकले गैरीधारा शोरूममा जिली ईएक्स५ लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा ईएक्स५ मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयुभी देखेर चकित परेको कम्पनीले दाबी गरेको छ ।

‘हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं,’ एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले बताए । ‘शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता— यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन्’ उनले भने ।

श्रेष्ठका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले ईएक्स५ को स्मुथ परफर्मेन्स र भविष्य केन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई नेपालले कुरिरहेको ईभीको संज्ञा दिएका छन् ।

धेरै ग्राहकहरूले ईएक्स५ को रेन्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयुभी मध्ये एकको उपमा दिएको श्रेष्ठले बताए ।

‘जिली ईएक्स५ प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो,’ एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले भने, ‘हामीले पाएको जिली ईएक्स५ प्रतिको उत्साह र स्विकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ ।’

उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ । हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ, साथै शनिवार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ ।

साथै, यो उत्साहलाई थप उचाइमा पु¥याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ । अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन् ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...