Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान, संक्रमण न्यूनीकरणमा सहुलियत

 

बाजुरा । जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान गरिएको छ । अस्पतालले फोहोर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको हो । अस्पतालबाट निस्कने फोहोरबाट उत्पन्न हुने संक्रमणलाई न्युनिकरण गर्न नयाँ प्रविधिबाट फोहरको व्यवस्थापन सुरु गरिएको हो ।
फोहोरजन्य वस्तु उचित रूपमा विसर्जन नहुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न फोहर निर्मलीकरण मेसिन जडान गरिएको अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए । अस्पतालबाट निस्किने सबै खालको फोहोर मेसिनमा राखेर रोगका कीटाणुलाई पूर्ण रूपमा निर्मलीकरण गरेर विसर्जन गर्न सहयोग पुग्ने उनले बताए ।

उनका अनुसार,औषधिका डब्बा, सिरिन्ज,स्लाइनका बोतल, मेटल, कागज, लगायत अन्य प्रयोग भई सकिएका फोहोरलाई प्रशोधन गर्ने र सहज तरिकाले विसर्जन गरिने गरि मेसिन जडान गरिएको बताएका छन् । अस्पतालजन्य फोहोरलाई १ सय २१ डिग्री सेन्टिग्रेड तापक्रममा आधा घण्टा मेसिनमा राखेपछि यसबाट फोहोरमा भएका सबै किसिमका किटाणुहरू मर्ने र किटाणु मरेपछि संक्रमण नहुने गरेको छ ।

फोहरबाट सम्भावित जोखिमलाई न्युनिकरण गर्न करिब १ करोड ७० लाखको लागतमा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र धनगढी कैलालीबाट अस्पताल बाजुरामा उक्त मेसिन जडान गरिएको हो । मेसिन जडानले अस्पतालको फोहरजन्य वस्तुहरुलाई सहज रुपमा संक्रमण नहुने गरि व्यवस्थापन गर्न सहज हुने छ । प्रशोधित फोहर बडीमालिका नगरपालिकाको टिप्परबाट विसर्जन गरिने भएको हो।

प्रयोग पश्चात् खेर गएको फोहबाट उत्पन्न हुने संक्रमणलाई निराकरण गर्न बाजुरा अस्पताल सहित डोटी अस्पताल र बयलपाटा अस्पतालमा फोहर निर्मलीकरण मेसिन जडान गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र धनगढी कैलालीका बायोमेडिकल ईन्जिनियर आसुतोष भण्डारीले बताए ।

संक्रमित फोहोरलाई मेसिनमा प्रयोग गरी निर्मलीकरण गरिने जसबाट कुनै संक्रमण नहुने गरेको भण्डारीको भनाइ छ । मेसिनबाट अस्पतालका वार्डहरुमा संकलित फोहोरलाई कुनै संक्रमण नहुने गरि व्यवस्थापन गर्न ठुलो सहयोग पुग्ने उनले जानकारी दिए ।

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, आयोजक टोलीद्वारा तयारी सार्वजनिक

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

  काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...