CG Electronics
IME Life
NIMB

जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान, संक्रमण न्यूनीकरणमा सहुलियत

NIMB
Himalayan Bank

 

बाजुरा । जिल्ला अस्पताल बाजुरामा फोहर निर्मलीकरण मेसिन जडान गरिएको छ । अस्पतालले फोहोर वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको हो । अस्पतालबाट निस्कने फोहोरबाट उत्पन्न हुने संक्रमणलाई न्युनिकरण गर्न नयाँ प्रविधिबाट फोहरको व्यवस्थापन सुरु गरिएको हो ।
फोहोरजन्य वस्तु उचित रूपमा विसर्जन नहुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न फोहर निर्मलीकरण मेसिन जडान गरिएको अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए । अस्पतालबाट निस्किने सबै खालको फोहोर मेसिनमा राखेर रोगका कीटाणुलाई पूर्ण रूपमा निर्मलीकरण गरेर विसर्जन गर्न सहयोग पुग्ने उनले बताए ।

उनका अनुसार,औषधिका डब्बा, सिरिन्ज,स्लाइनका बोतल, मेटल, कागज, लगायत अन्य प्रयोग भई सकिएका फोहोरलाई प्रशोधन गर्ने र सहज तरिकाले विसर्जन गरिने गरि मेसिन जडान गरिएको बताएका छन् । अस्पतालजन्य फोहोरलाई १ सय २१ डिग्री सेन्टिग्रेड तापक्रममा आधा घण्टा मेसिनमा राखेपछि यसबाट फोहोरमा भएका सबै किसिमका किटाणुहरू मर्ने र किटाणु मरेपछि संक्रमण नहुने गरेको छ ।

फोहरबाट सम्भावित जोखिमलाई न्युनिकरण गर्न करिब १ करोड ७० लाखको लागतमा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र धनगढी कैलालीबाट अस्पताल बाजुरामा उक्त मेसिन जडान गरिएको हो । मेसिन जडानले अस्पतालको फोहरजन्य वस्तुहरुलाई सहज रुपमा संक्रमण नहुने गरि व्यवस्थापन गर्न सहज हुने छ । प्रशोधित फोहर बडीमालिका नगरपालिकाको टिप्परबाट विसर्जन गरिने भएको हो।

प्रयोग पश्चात् खेर गएको फोहबाट उत्पन्न हुने संक्रमणलाई निराकरण गर्न बाजुरा अस्पताल सहित डोटी अस्पताल र बयलपाटा अस्पतालमा फोहर निर्मलीकरण मेसिन जडान गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र धनगढी कैलालीका बायोमेडिकल ईन्जिनियर आसुतोष भण्डारीले बताए ।

संक्रमित फोहोरलाई मेसिनमा प्रयोग गरी निर्मलीकरण गरिने जसबाट कुनै संक्रमण नहुने गरेको भण्डारीको भनाइ छ । मेसिनबाट अस्पतालका वार्डहरुमा संकलित फोहोरलाई कुनै संक्रमण नहुने गरि व्यवस्थापन गर्न ठुलो सहयोग पुग्ने उनले जानकारी दिए ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...