Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपाल बैंकका ग्राहक र कर्मचारीका लागि लिफ प्लससँग विशेष छुट सम्झौता

 

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि. बीच एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लस प्रा. लि. द्वारा उत्पादन तथा बिक्री गरिने पर्यावरणमैत्री, सुपारीको पातबाट निर्मित घरायसी सामग्रीहरू (जस्तै प्लेट, कचौरा, थाल, चम्चा आदि) खरिद गर्दा विशेष छुट सुविधा पाउने भएका छन् ।

ग्राहकहरूले उक्त वस्तुहरू कम्पनीको वेबसाइट (www.leafplus.com.np
) वा सम्पर्क नम्बर ९८०१८७०२०८ / ९८०२३४४१७८ मार्फत खरिद गर्न सक्नेछन् । साथै, नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा खरिद बिलमा २० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

उक्त सम्झौता पत्रमा मिति २०८२ साल असोज २७ गते (सोमबार) नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कोबित सिंह बानियाले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौतामार्फत दुवै संस्थाले वातावरणमैत्री उत्पादनको उपयोग प्रवर्द्धन गर्दै डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई पनि प्रोत्साहन गर्ने लक्ष्य लिएका छन् ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...