CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकले सार्वजनिक गर्‍यो नेपालकै पहिलो डोरस्टेप बैंकिङ सेवा

NIMB
Himalayan Bank

 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालकै पहिलो डोरस्टेप बैंकिङ सेवा सार्वजनिक गर्दै देशको बैंकिङ क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ। यो सेवा बैंकको विशिष्ट बचत खाता (Exclusive Savings Account) अन्तर्गत सुरु गरिएको हो।

यो नयाँ सुविधा विशेषगरी आफ्ना दैनिक कार्यमा व्यस्त रहने, बैंकसम्म पुग्न समय नपाउने तथा घर वा कार्यालयमै बैंकिङ सेवा लिन चाहने ग्राहकका लागि अत्यन्त उपयोगी हुने बैंकले जनाएको छ।

अत्याधुनिक प्रविधिमा आधारित यस सेवाअन्तर्गत ग्राहकहरूले नगद जम्मा गर्ने, खाताबाट नगद निकासी गर्ने, चेकबुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट लगायतका सेवाहरू आफ्नै घर वा कार्यालयमै वस्दै निशुल्क रूपमा प्राप्त गर्न सक्नेछन्।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् आवश्यक सेवा अनुरोध गर्न सक्नेछन्, र अनुरोध प्राप्त भएपछि बैंकका प्रतिनिधि तोकिएको स्थानमै पुगेर सो सेवा प्रदान गर्नेछन्। यस सुविधाले डिजिटल बैंकिङको प्रवर्द्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी सुरु गरिएको यो “डोरस्टेप बैंकिङ सेवा” नेपालकै पहिलो हो। प्रमुख मार्केटिङ अधिकृत श्री दिपेन्द्र सुवेदीका अनुसार, यो सेवा विश्वका केही विकसित देशमा प्रचलित भए पनि नेपालमा पहिलोपटक कामना सेवा विकास बैंकले सुरु गरेको हो।

सुवेदीका अनुसार, यस सेवाले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै समयको बचत, सहजता र सुरक्षाको अनुभूति दिलाउनेछ। यो सेवा व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी तथा ज्येष्ठ नागरिकहरूका लागि विशेष उपयोगी हुनेछ।

ग्राहकहरूले लामो लाइनमा नबसी वा कागजी झन्झट नखेपी घरमै वसेर बैंकका सबै सेवा उपभोग गर्न सक्नेछन्। साथै, यस खाता अन्तर्गत बैंकले लकर सुविधा, एटीएम डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।

हाल यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरु गरिएको छ र निकट भविष्यमा देशभर विस्तार गर्ने योजना बैंकले सार्वजनिक गरेको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...