एन आईसी एशिया बैंकका ग्राहकका लागि एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट सुविधा
Thursday Oct 16, 2025
वि.सं.२०८२ असोज ३० बिहीवार ०९:३१
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले अब सिद्धार्थनगर, रुपन्देहीमा अवस्थित एशियन बुद्ध होटल मा सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन्।
यस सम्बन्धमा एन आई सी एशिया बैंक र एशियन बुद्ध होटल बीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, बैंकका ग्राहकहरूले होटलमा सेवा लिँदा डिजिटल भुक्तानी माध्यम प्रयोग गरेमा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गरेमा उक्त छुट लागू हुनेछ। बैंकले यस सहकार्यले ग्राहकहरूलाई प्रत्यक्ष लाभका साथै डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
उक्त सम्झौतामार्फत एन आई सी एशिया बैंकले आफ्नो ग्राहकलाई विभिन्न क्षेत्रका व्यवसायिक साझेदारहरूसँग सहकार्य गर्दै आकर्षक छुट सुविधा प्रदान गर्ने रणनीति निरन्तरता दिएको जनाएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, यस्तो सहकार्यले ग्राहक सन्तुष्टि बढाउने र देशमा डिजिटल बैंकिङ अभ्यासलाई अझ सबल बनाउन मद्दत गर्नेछ।

























