Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपालको शानदार जित : ओमानलाई पराजित गर्दै टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो ।

उसका लागि मोहम्मद नदीमले २५ र विनायक सुक्लाले ३२ रन बनाए । अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । नेपालका लागि गुल्शन झाले चार ओभरमा ३१ रन दिँदै महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै सोम्पाल कामी र नन्दन यादवले दुई दुई विकेट लिए भने सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गरे । ५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाए ।

उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उनी २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाए । त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे । यो जितसँगै नेपाल ८ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंकसहित दोस्रो स्थानमा छ ।

सुपर सिक्समा ओमानसँगै यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक...

वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:३५

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...