Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

बाढी पहिरोबाट भएको क्षतिको कूल बीमा दाबी करिव रू. ३ अर्ब २६ करोड ७६ लाख

 

काठमाडौं। असोज १८ गतेदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुर्‍याएको छ। सोही विपत्तिबाट भएको क्षतिका कारण हालसम्म बीमा कम्पनीहरूमा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, असोज ३० गतेसम्ममा प्राप्त विवरणअनुसार बाढी तथा पहिरोबाट क्षति भएका विभिन्न क्षेत्रहरूमा बीमित सम्पत्ति, बालीनाली, सवारीसाधन र निर्माण परियोजनाहरूमा क्षति पुगेको छ।

बीमा दाबीमध्ये सबैभन्दा बढी शिखर इन्सुरेन्समा ६० करोड ९४ लाख रुपैयाँ बराबरको दाबी परेको छ। त्यस्तै, सबैभन्दा कम दाबी स्टार माइक्रो इन्सुरेन्समा मात्र ८ लाख रुपैयाँ बराबरको परेको बीमा प्राधिकरणले जनाएको छ।

बीमा क्षेत्रगत विवरण हेर्दा सम्पत्ति बीमा ३६४ दाबी, जम्मा २ अर्ब ७० करोड ६९ लाख रुपैयाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा ८७ दाबी, ४८ करोड ४ लाख रुपैयाँ, कृषि तथा बाली बीमा २०९ दाबी, ४ करोड ३२ लाख रुपैयाँ, निजी मोटर बीमा ३३ दाबी, २ करोड ५२ लाख रुपैयाँ, सार्वजनिक मोटर बीमा ९ दाबी, १ करोड ५ लाख रुपैयाँ अन्य बीमा दाबी २ दाबी, १२ लाख ६० हजार रुपैयाँ बीमा प्राधिकरणले विपद्पछि बीमा सेवाग्राहीहरूले दाबी प्रक्रियामा सहजता पाउनुपर्ने बताउँदै, बीमा कम्पनीहरूलाई छिटोछरितो रूपमा दाबी निस्तारण गर्न निर्देशन दिएको छ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...