Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना

काठमाडौं । कार्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजा हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो । धन र समृद्धिको प्रतीकका रूपमा मात्र नभई, मातृशक्ति, मुक्ति र भुक्तिको प्रतीकका रूपमा पनि माता लक्ष्मीको आराधना गरिन्छ । ऋग्वेदमा ‘ओम् श्रीश्च ते लक्ष्मीश्च पत्नीः’ भनिँदै लक्ष्मीलाई सम्पूर्ण सृष्टिमा व्यापी शक्ति र विश्वकल्याणकी अधिष्ठात्री देवीका रूपमा वर्णन गरिएको छ ।

लक्ष्मी देवीलाई केवल धनकी अधिष्ठात्री नभई विष्णुकी अर्धाङ्गिनी र धर्म–सदाचारतर्फ अभिप्रेरित गर्ने मातृशक्ति मानिन्छ । ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता’ भन्ने मन्त्रले पनि देवीको मातृत्व स्वरूपलाई उजागर गर्छ । यस दिन गृहस्थहरूले बेलुकीको समयमा वैदिक विधिअनुसार माता लक्ष्मीको पूजा गर्दछन् । चन्दन, अविर, फुल, अक्षता, जौ, तिल, दायाँ शंख, कौडा, कमलगट्टा र केसर आदिले पूजन गरिन्छ । लक्ष्मीलाई कमल, गुंगल, चन्दन र दीयोको उज्यालो अत्यन्त प्रिय लाग्ने गर्दछ ।

लक्ष्मी माताको पूजाको विशेषता साँझकालमा घर–आँगन र पसलहरूमा दीप प्रज्वलन गरेर सम्पन्न हुन्छ । यस दिन उद्योग, कलकारखाना र व्यापारिक प्रतिष्ठानहरूमा पनि पूजा गरिन्छ । व्यापारिक बही–खाताबाट लिएर घरको देवालयसम्म लक्ष्मीको आराधना गरिन्छ । ‘ओम् महालक्ष्म्यै च विद्महे, विष्णुप्रियायै धीमहि, तन्नो लक्ष्मी प्रचोदयात्’ भन्ने बीज मन्त्रसहित श्रीसूक्त, लक्ष्मीसूक्त, गोपाल सहस्रनाम र विष्णु सहस्रनामावली पाठ गरेर रातभरि जाग्राम बसेर गरिन्छ ।

पौराणिक मान्यताअनुसार, कार्तिक कृष्ण औंसीका दिन स्वयं भगवान् सदाशिवले यो दिन लक्ष्मीको समर्पणमा अर्पण गर्नुपर्ने दिन भएको घोषणा गरेका थिए । त्यसैले यो दिन साँझपख लक्ष्मी आफ्ना वाहन उल्लूमा सवार भएर पृथ्वी भ्रमण गर्न आउँछिन् भन्ने विश्वास छ । उल्लू लक्ष्मीको वाहन र कुबेर उनका सचिवका रूपमा पूजा गरिन्छ । लक्ष्मीको पूजा उल्लू र कुबेरको आराधनासहित नगरेमा देवी प्रसन्न नहुने जनविश्वास रहेको छ ।
यस दिन मन, वचन र कर्मले शुद्ध भएर श्रद्धापूर्वक पूजा गर्ने घरमा लक्ष्मी स्वयं प्रकट हुन्छिन् र त्यहाँ सुख, शान्ति र समृद्धिको वास हुन्छ । यसरी लक्ष्मीपूजा केवल धनसञ्चयको पर्व नभई, मातृशक्ति, धार्मिकता र जीवन समृद्धिको प्रतीकका रूपमा सनातन परम्परामा गहिरो रूपमा स्थापित छ ।

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । नेपालको नम्बर १ टायल्स र बाथवेयर ब्राण्ड...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...