CG Electronics
IME Life
NIMB

लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना

NIMB
Himalayan Bank

काठमाडौं । कार्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजा हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो । धन र समृद्धिको प्रतीकका रूपमा मात्र नभई, मातृशक्ति, मुक्ति र भुक्तिको प्रतीकका रूपमा पनि माता लक्ष्मीको आराधना गरिन्छ । ऋग्वेदमा ‘ओम् श्रीश्च ते लक्ष्मीश्च पत्नीः’ भनिँदै लक्ष्मीलाई सम्पूर्ण सृष्टिमा व्यापी शक्ति र विश्वकल्याणकी अधिष्ठात्री देवीका रूपमा वर्णन गरिएको छ ।

लक्ष्मी देवीलाई केवल धनकी अधिष्ठात्री नभई विष्णुकी अर्धाङ्गिनी र धर्म–सदाचारतर्फ अभिप्रेरित गर्ने मातृशक्ति मानिन्छ । ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता’ भन्ने मन्त्रले पनि देवीको मातृत्व स्वरूपलाई उजागर गर्छ । यस दिन गृहस्थहरूले बेलुकीको समयमा वैदिक विधिअनुसार माता लक्ष्मीको पूजा गर्दछन् । चन्दन, अविर, फुल, अक्षता, जौ, तिल, दायाँ शंख, कौडा, कमलगट्टा र केसर आदिले पूजन गरिन्छ । लक्ष्मीलाई कमल, गुंगल, चन्दन र दीयोको उज्यालो अत्यन्त प्रिय लाग्ने गर्दछ ।

लक्ष्मी माताको पूजाको विशेषता साँझकालमा घर–आँगन र पसलहरूमा दीप प्रज्वलन गरेर सम्पन्न हुन्छ । यस दिन उद्योग, कलकारखाना र व्यापारिक प्रतिष्ठानहरूमा पनि पूजा गरिन्छ । व्यापारिक बही–खाताबाट लिएर घरको देवालयसम्म लक्ष्मीको आराधना गरिन्छ । ‘ओम् महालक्ष्म्यै च विद्महे, विष्णुप्रियायै धीमहि, तन्नो लक्ष्मी प्रचोदयात्’ भन्ने बीज मन्त्रसहित श्रीसूक्त, लक्ष्मीसूक्त, गोपाल सहस्रनाम र विष्णु सहस्रनामावली पाठ गरेर रातभरि जाग्राम बसेर गरिन्छ ।

पौराणिक मान्यताअनुसार, कार्तिक कृष्ण औंसीका दिन स्वयं भगवान् सदाशिवले यो दिन लक्ष्मीको समर्पणमा अर्पण गर्नुपर्ने दिन भएको घोषणा गरेका थिए । त्यसैले यो दिन साँझपख लक्ष्मी आफ्ना वाहन उल्लूमा सवार भएर पृथ्वी भ्रमण गर्न आउँछिन् भन्ने विश्वास छ । उल्लू लक्ष्मीको वाहन र कुबेर उनका सचिवका रूपमा पूजा गरिन्छ । लक्ष्मीको पूजा उल्लू र कुबेरको आराधनासहित नगरेमा देवी प्रसन्न नहुने जनविश्वास रहेको छ ।
यस दिन मन, वचन र कर्मले शुद्ध भएर श्रद्धापूर्वक पूजा गर्ने घरमा लक्ष्मी स्वयं प्रकट हुन्छिन् र त्यहाँ सुख, शान्ति र समृद्धिको वास हुन्छ । यसरी लक्ष्मीपूजा केवल धनसञ्चयको पर्व नभई, मातृशक्ति, धार्मिकता र जीवन समृद्धिको प्रतीकका रूपमा सनातन परम्परामा गहिरो रूपमा स्थापित छ ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...