CG Electronics
IME Life
NIMB

बाजुराको अर्गानिक स्याउ बिक्रीबाट १ करोड बढिको आम्दानी

NIMB
Himalayan Bank

बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट १ करोड बढिको आम्दानी भएको । यहाँका स्याउ कृषकहरुले स्याउ बिक्री गरेर १ करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् ।

बाजुराको स्वामिकार्तिक,हिमाली,जगन्नाथ र बुढिनन्दामा उतपादित स्याउ बिक्रिबाट सो रकम आन्दानी गरिएको हो। अहिले बाजुरामा उत्पादित अर्गानिक स्याउ देशका ठुला शहर काठमाडौं,नेपालगन्ज,सुर्खेत,धनगढीमा भेटाउन सकिन्छ ।

बाजुराका किसानहरुले आफ्नो खेतबारीमा उत्पादन गरेको ठुलो परिणामको स्याउ बाह्य जिल्लामा निर्यात गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको ढुवानीमा उनीहरुले स्याउ बिक्री गर्ने गरेका छन् । अघिल्लो बर्षको तुलनामा भन्दा यो स्याउ उत्पादनमा भने कमी आएको हो ।

बाजुरामा भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो । कतिपय किसानले डोकोमा बोकेर स्याउ बिक्री गरे पनि ठुलो परिणामको स्याउ बजारिकरणबाट एक करोड बढि आम्दानी भएको हो । अन्य सानोतिनो संख्यामा बिक्री भएको स्याउको विवरण र आम्दानी नराखिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाटो बन्दका कारण स्याउ ढुवानीमा केही समस्या भएको थियो । सडकले बन्दले समयमै सोचेजस्तो स्याउ बजारिकरण गर्न नसक्दा केहि मात्रामा घाटा व्यहोर्नु परेको बुढिनन्दाका स्याउ कृषक पुर रावतले बताए । तर पनि पाकेको स्याउ कर्णाली करिडोर हुँदै अन्य जिल्ला निर्यात गरिएकोले किसानहरुलाई आम्दानी गर्न सहज भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र बाजुराले ४ बर्ष यता कृषकको बारीबाटै ढुवानी अनुदानसहित स्याउ जिल्ला बाहिर पठाउँदै आएको छ । बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ ।

बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको हिमाली,स्वामिकार्तिक,जगन्नाथ,बुढिनन्दा,गौमुल लगायतका पालिकामा स्याउ उत्पादन हुने गरेको छ । हरेक बर्ष बाजुरामा राम्रो मात्रामा स्याउ उत्पादन भए पनि समयमै ढुवानी नहुँदा कुहिने गरेका छन् ।

यहाँको हिमाली,बुढीनन्दा, स्वामिकार्तिक,जगन्नाथमा राम्रो उत्पादन हुने गरेको छ । यता गौमुल र बडीमालिकामा पनि पछिल्लो समय केहि रुपमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...