Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अपग्रेड भर्सनमा आएको रेनो काइगर फेसलिफ्ट : आकर्षक डिजाइन र नयाँ सुरक्षा सुविधा सहित बजारमा

 

काठमाडौँ। रेनो इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी काइगरको फेसलिफ्ट लन्च गरेको छ। नयाँ काइगरमा पहिलेभन्दा आकर्षक डिजाइन, प्रिमियम सुविधा र थप सुरक्षा प्रदान गरेको दाबी गरिएको छ।

२०२५ काइगर फेसलिफ्टको फ्रन्टमा नयाँ डिजाइन गरिएको बम्पर, सिल्भर स्किड प्लेट, एलईडी हेडल्याम्प र फग ल्याम्प उपलब्ध छ । यसको रियरमा पनि परिवर्तन गरिएको छ । यसमा पुनः डिजाइन गरिएको बम्पर र स्मोक्ड टेललाइट समावेश छ । यसबाहेक १६ इन्चको डायमन्ड–कट अलोय ह्विल र सी–पिलरमा नयाँ ग्राफिक्स पनि थपिएको छ।

काइगर फेसलिफ्ट अथेन्टिक, इभोलुसन, टेक्नो र इमोशन गरी चार भिन्न ट्रिममा ल्याइएको छ । यसको क्याबिन पनि परिवर्तन गरिएको छ। यसको ड्यासबोर्ड, लेदर सिट र भेन्टिलेटेड फ्रन्ट सिटले प्रिमियम अनुभूति दिलाउँछ । ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जडान गर्न सकिन्छ। यसमा ३६० डिग्री क्यामेरा, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर र वायरलेस चार्जर जस्ता सुविधा पनि समावेश छ । यसमा ४०५ लिटरको बुट स्पेस पनि छ ।

यद्यपि यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन। यसमा १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र १.० लिटर टर्बो–पेट्रोल इन्जिन उपलब्ध छ । दुबैमा ५ स्पिड म्यानुअल, एएमटी वा सीभीटी गियरबक्सकाे विकल्प छ ।

यसको सबै भेरिएन्टमा अब ६ एयरब्याग समावेश छ । इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सरसहित २१ वटा सेफ्टी फिचर थपिएको छ। यसमा २०५ एमएम ग्राउन्ड क्लियरेन्स र ५० किलोग्राम भार बोक्न सक्ने रूफ रेल पनि उपलब्ध छ ।

नयाँ रेनो काइगरले टाटा नेक्सन, मारुती ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी ३एक्सओ, टोयोटा टेसर र स्कोडा कुशाक जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

 

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन सरकारबाट सशर्त स्वीकृति प्राप्त, युरोपेली बजारमा बलियो प्रवेश

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन...

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:२१

  काठमाडौँ। टाटा मोटर्स लिमिटेडले इटालीको प्रमुख ट्रक तथा बस...

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:३८

  काठमाडौं। जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी, केई नेपालका...

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2 फास्ट चार्जिङ स्टेशन सहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2...

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:०३

  काठमाडौं । एमएडब्लूवृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) कोविकासलाईतीव्र बनाउँदै...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...