Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

प्रहरीलाई २५१ वटा सवारीसाधन खरिद गर्न अर्थ मन्त्रालयको सहमति

काठमाडौँ। हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधन पुनः व्यवस्थापन गर्न नेपाल प्रहरीले नयाँ गाडी खरिद गर्ने भएको छ। यसका लागि अर्थ मन्त्रालयले पहिलो चरणमा २५१ वटा सवारीसाधन खरिदको सहमति प्रदान गरेको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयको सहमतिअनुसार, नेपाल प्रहरीलाई १७५ वटा, सशस्त्र प्रहरीलाई ७० वटा र राष्ट्रिय अनुसन्धान विभागलाई ६ वटा गाडी खरिद गर्न अनुमति दिइएको हो।

अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार, आइतबार प्रहरीलाई गाडी खरिदको लागि औपचारिक सहमति प्रदान गरिएको हो।

आगामी निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले प्रहरी संगठनसँग पर्याप्त सवारीसाधन नहुँदा यो निर्णय गरिएको जनाइएको छ।

निर्वाचन आयोगले पनि आवश्यक सुरक्षाका उपकरण र सवारीसाधन छिटो उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै आएको थियो। यसै क्रममा, प्रहरीले ‘विशेष परिस्थिति’ भन्दै सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको हो।

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन सरकारबाट सशर्त स्वीकृति प्राप्त, युरोपेली बजारमा बलियो प्रवेश

टाटा मोटर्सले इभेको ग्रुप खरिदका लागि इटालियन...

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:२१

  काठमाडौँ। टाटा मोटर्स लिमिटेडले इटालीको प्रमुख ट्रक तथा बस...

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:३८

  काठमाडौं। जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी, केई नेपालका...

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2 फास्ट चार्जिङ स्टेशन सहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2...

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:०३

  काठमाडौं । एमएडब्लूवृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) कोविकासलाईतीव्र बनाउँदै...

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख...

वि.सं.२०८२ कात्तिक २३ आइतवार १३:२७

  काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी...