CG Electronics
IME Life
NIMB

नेपाली बजारमा आधिकारिक रूपमा एआई प्लस स्मार्टफोनको बिक्री–वितरण सुरु

NIMB
Himalayan Bank

काठमाडौँ। नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ। रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बनेपछि अब नेपालमा पनि औपचारिक रूपमा प्रवेश गरेको हो।

एआई प्लसले नेपाली बजारका लागि सिजी मोबाइल्सलाई आधिकारिक वितरक नियुक्त गरेको छ। दुबै कम्पनीले नेपाली उपभोक्तालाई इन्टेलिजेन्ट र भ्यालु–ड्रिभन स्मार्टफोन उपलब्ध गराउने साझा उद्देश्यका साथ सहकार्य सुरु गरेका छन्।

एआई प्लसका संस्थापक माधव सेठका अनुसार, “एआई प्लसको जन्म स्मार्ट प्रविधिलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट भएको हो। यसका स्मार्टफोनहरू प्रविधि र डिजाइनका हिसाबले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती छन्,” उनले बताए।

त्यस्तै, सिजी मोबाइल्सका बिजनेस हेड विनय जोशीले भने, “हाम्रो उद्देश्य सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्‍याउनु हो। बजारमा धेरै ब्रान्ड भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड हो,” भन्दै ब्रान्डप्रतिको विश्वास व्यक्त गरे।

चौधरी समूहअन्तर्गतको सिजी मोबाइल्स नेपाली बजारमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल ब्रान्डहरूको आयात, बिक्री–वितरण र बिक्रीपश्चात सेवा प्रदान गर्दै आएको छ। अब सोही श्रृङ्खलामा एआई प्लसले पनि आफ्नो स्थान बनाउने तयारी गरेको छ।

एआई प्लसले पहिलो चरणमा दुई मोडेलका चार भेरियन्ट — एआई प्लस पल्स र एआई प्लस नोभा सार्वजनिक गरेको छ, जसमा ४ जिबी, ६ जिबी, र ८ जिबी र्यामका विकल्प उपलब्ध छन्।

विशेष आकर्षणका रूपमा, कम्पनीले नेपालको सबैभन्दा किफायती फाइभ–जी स्मार्टफोन ‘एआई प्लस नोभा ५जी’ प्रस्तुत गरेको छ, जसको मूल्य रु. १३,९९९ तोकिएको छ। साथै, ४ जिबी र्याम र ६४ जिबी स्टोरेज भएको एआई प्लस नोभा स्मार्टफोन रु. ९,००० भन्दा कममा उपलब्ध छ।

हाल एआई प्लसका सबै स्मार्टफोनहरू नेपालभरका मोबाइल तथा इलेक्ट्रोनिक्स पसलहरूमा बिक्रीका लागि उपलब्ध भइसकेका छन्।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...