CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्स बनेको पहिलो जीवन बीमा कम्पनी जसले प्राप्त गर्‍यो डबल ए माइनस रेटिङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको छ। यस श्रेणीमा पर्ने संस्थाहरूलाई उच्च स्तरको वित्तीय स्थायित्व र दायित्व समयमै पूरा गर्ने क्षमता भएको मानिन्छ। जीवन बीमा क्षेत्रमै यो रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी नेपाल लाइफ बनेको हो।

कम्पनीले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताको आधारमा यो उच्च रेटिङ प्राप्त गरेको हो। सन् २००१ मा स्थापित नेपाल लाइफले देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै, हालसम्म कुल बीमा शुल्कको हिसाबले २७% भन्दा बढी बजार हिस्सा कायम गरेको छ। कम्पनीको सोल्भेन्सी अनुपात १५०.४०% रहेको छ, जुन नेपाल बीमा प्राधिकरणको तोकिएको न्यूनतम भन्दा धेरै बढी हो।

कम्पनीले करिब ९४% लगानी स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले औसत १०.०२% प्रतिफल दिएको छ। आ.व. २०८०÷८१ मा कम्पनीले रु. २.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८% प्रतिफल रहेको थियो। साथै, कम्पनीले नेपाल पुनर्बीमा, हिमालयन पुनर्बीमा र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षति जोखिमलाई न्यूनीकरण गरेको छ।

कम्पनीको अनुभवी संचालक समिति र दक्ष व्यवस्थापन टोलीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ। यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम रहने क्षमतालाई पुष्टि गरेको छ।

कम्पनीको करिब ९८.८% व्यवसाय सावधिक जीवन बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व सुनिश्चित गरेको छ। आ.व. २०८१÷८२ को असार मसान्तसम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ विपद् कोष सुरक्षित राखेको छ। कम्पनीको जीवन बीमा कोष २३३ अर्ब र लगानी २४० अर्ब भन्दा माथि रहेको छ भने दावी भुक्तानी ६७ अर्ब भन्दा बढी पुगेको छ।

यस अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रेटिङ प्राप्तिमा योगदान गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति धन्यवाद व्यक्त गर्दै, कम्पनीको वित्तीय स्थायित्वलाई अझ सबल बनाउन जोखिम न्यूनीकरण र लगानी विविधिकरणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:२३

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकको आग्रह : खातामा प्यान...

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:००

  काठमाडौं । एनआईसी एशिया बैंक ले आफ्ना ग्राहकहरूलाई बैंक...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक, एनआरएनए पुर्व अध्यक्ष विनोद कुँवरको औद्योगिक अभियान

एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण...

वि.सं.२०८३ जेठ २७ बुधवार १०:०६

  काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई...