CG Electronics
IME Life
NIMB

जापानमा अनावरण, भारतमा उत्पादन हुने होन्डा ‘जिरो अल्फा’ इलेक्ट्रिक एसयूभी

NIMB
Himalayan Bank

 

काठमाडौं । होन्डाले जापान मोबिलिटी शो २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक मोडल ‘होन्डा जिरो अल्फा’ सार्वजनिक गरेको छ । यो मोडल होन्डाको नयाँ पुस्ताको ईभी लाइनअप ‘होन्डा जिरो सिरिज’को हिस्सा हो, जुन चाँडै भारतमा लन्च हुने तयारीमा छ।

भारत होन्डाका लागि ईभी उत्पादनको प्रमुख केन्द्र बन्दैछ। ‘जिरो अल्फा’ भारतमै निर्माण गरी जापानसहित अन्य देशहरूमा निर्यात गरिने सम्भावना रहेको छ। यसका साथ, भारतमा बनेको होन्डाको इलेक्ट्रिक कार पहिलोपटक जापानमा निर्यात हुने इतिहास पनि बनाउनेछ।

‘जिरो अल्फा’को डिजाइन अत्यन्तै आकर्षक छ। यसमा अगाडि र पछाडि रहेका एलईडी प्यानलहरू ‘डायनामिक कम्युनिकेशन डिस्प्ले’को रूपमा प्रयोग गरिएका छन्। पातलो हेडलाइट, अग्लो स्टान्स र एयरोडायनामिक बनावटले यसलाई फरक पहिचान प्रदान गरेको छ।

हाल यसको इन्टेरियर सार्वजनिक गरिएको छैन, तर रिपोर्टअनुसार होन्डाको अन्य ‘जिरो सिरिज’ मोडलजस्तै यसमा ठूलो डिजिटल ककपिट र समतल फ्लोर लेआउट हुने अनुमान गरिएको छ। यो नयाँ ईभी आर्किटेक्चरमा आधारित हुनेछ, जसमा उन्नत एआई ड्राइभिङ सिस्टम र आधुनिक रिजेनरेटिभ कन्ट्रोल सिस्टम जडान गरिनेछ।

यो एसयूभी सन् २०२७ मा भारतमा लन्च हुने अपेक्षा गरिएको छ। ‘जिरो अल्फा’ ४.२ देखि ४.५ मिटर लम्बाइको ईभी एसयूभी सेग्मेन्टमा उपलब्ध हुनेछ, जसले हुन्डाई क्रेटा ईभी, टाटा सिएरा ईभी, र महिन्द्रा बीई६ जेडओएस जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ। आगामी दिनमा यो एसयूभी नेपालमा पनि उपलब्ध हुने अनुमान गरिएको छ।

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...