Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

टोकियो मोटर शोमा बीवाईडीको नयाँ ईभी ‘राको’ अनावरण, जापानी बजारका लागि विशेष डिजाइन

टोकियो । चिनियाँ अटोमेकर बीवाईडी (BYD) ले टोकियो मोटर शोमा जापानी बजारका लागि विशेष रूपमा डिजाइन गरिएको आफ्नो पहिलो शुद्ध इलेक्ट्रिक केई कार ‘राको’ सार्वजनिक गरेको छ। कम्पनीले यो मोडलको बिक्री आगामी वर्षदेखि सुरु हुने जनाएको छ।

जापानको अटोमोबाइल बजारमा केई कारहरूको हिस्सा करिब एक तिहाइ रहेको छ। यस्ता साना आकारका कारहरू जापानमा अत्यन्त लोकप्रिय मानिन्छन्, जसमा प्रायः सबैजसो ब्रान्डहरूले आफ्ना मोडल प्रस्तुत गर्छन्। बीवाईडी ‘राको’को सुरुवाती मूल्य करिब २.६ मिलियन येन (झण्डै १७ हजार अमेरिकी डलर) हुने अनुमान गरिएको छ। यो मोडल जापानमा एटो ३, डल्फिन, सिल र सिलियन ७ पछि बीवाईडीको पाँचौं मोडल हुनेछ।

‘राको’मा २० किलोवाट–आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको चार्जमा करिब १८० किलोमिटर दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ। ४ सिट क्षमताको यो कारको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ एमएम र उचाइ १८०० एमएम रहेको छ।

परम्परागत जापानी केई कारबाट प्रेरित ‘राको’को डिजाइन निकै आकर्षक बनाइएको छ। यसमा पछाडिको स्लाइडिङ ढोका सहित चारवटा ढोका छन्। अगाडि क्लोज्ड ग्रिल डिजाइनलाई ‘सी’ आकारको हेडलाइटसँग जोडिएको छ भने पछाडितर्फ गोलाकार थ्रु–टाइप टेललाइट राखिएको छ।

१०० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्ने यस कारमा अगाडितर्फ इलेक्ट्रिक मोटर जडान गरिएको छ। भित्री भागमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, सेन्ट्रल कन्ट्रोल टचस्क्रिन, थ्री–स्पोक स्टेयरिङ ह्वील र ड्यासबोर्डमा आयताकार वातानुकूलन आउटलेट राखिएको छ।

बीवाईडीको यो नयाँ ‘राको’ जापानमा सस्तो, व्यावहारिक र शहरी प्रयोगका लागि उपयुक्त इलेक्ट्रिक सवारीका रूपमा प्रस्तुत गरिएको छ।

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा, चिनियाँ बजारमा बुकिङ सुरु

ग्रेटवाल मोटर्सको नयाँ इलेक्ट्रिक कार ओरा५ प्री–सेलमा,...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:२६

काठमाडौं। ग्रेटवाल मोटर (GWM) ले आफ्नो नयाँ इलेक्ट्रिक कार ओरा५...

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई लन्च गर्यो

यामाहाले ‘म्याक्सी स्पोर्ट्स’ स्टाइलको पहिलो इलेक्ट्रिक स्कुटर...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१९

  काठमाडौं। यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स–ई बजारमा...

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ बजारमा

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:१६

काठमाडौं। टाटा मोटर्सले आफ्नो लोकप्रिय कुपे एसयूभी टाटा कर्भ र...

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १२:२१

  काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने...

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

वि.सं.२०८२ कात्तिक २४ सोमवार २०:३५

  काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय...