CG Electronics
IME Life
NIMB

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

NIMB
Himalayan Bank

बाँके। नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट (Talent Hunt) कार्यक्रम आयोजना गर्ने भएको छ।

जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको आयोजनामा हुने उक्त कार्यक्रम कार्तिक १३ गते बिहीबार बाँकेस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालन हुने छ। कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ।

कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिनेछन्। तीमध्ये एक जना खेलाडीलाई मुख्य टोली (Main Team) मा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोली (Development Squad) मा राखिने लुम्बिनी लायन्सले जनाएको छ। छनोट भएका खेलाडीहरू आगामी मंसिर १ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउने छन्।
लुम्बिनी लायन्सले यसअघि नै एनपीएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूलाई रिटेन गरिसकेको छ।

यस ट्यालेन्ट हन्ट कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र देशको क्रिकेटको स्तरलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

 

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...