प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
Thursday Oct 30, 2025
वि.सं.२०८२ कात्तिक १३ बिहीवार ११:०३
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी मोहनलाल अग्रवालले नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो। संस्थापक शेयरधनीले उक्त शेयर किन्न चाहेमा आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको समयावधिभित्र कम्पनीका संस्थापक शेयरधनीबाट सो शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

























