Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एन आइ सी एशिया लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं। एन आई सी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गते सम्म बाँकेको कोहलपुरमा चलेको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका १२१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट काम गर्र्न सफल कर्मचारीहरुको प्रशंसा गर्दै आगामी दिनमा अझै उच्च मनोबलका साथ काम गर्नका लागि हौसला प्रदान गरेका थिए ।

उक्त गोष्ठीमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता, काम प्रति पूर्ण प्रतिबद्धतामा जोड दिँदै अगाडि बढ्नुपर्ने जानकारी दिए भने अन्य विभागिय प्रमुखहरु राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले समिक्षा अवधिमा आफ्ना विभागले हासिल गरेका उपलब्धि बारे जानकारी दिँदै चालु त्रैमासका लागि कार्य योजना प्रस्तुत गरेका थिए ।

गोष्ठीमा पहिलो त्रैमासिक अवधिमा संस्थाले हासिल गरेका उपलब्धिहरू, देखिएका चुनौती र सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो, साथै दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना निर्माण, सेवा विस्तार र गुणस्तर अभिवृद्धिका रणनीतिहरूमा समेत गहन छलफल गरियो ।
गोष्ठीले संस्थाका कर्मचारीहरूलाई थप प्रेरणा, उत्साह र प्रतिबद्धताका साथ कार्य गर्न उत्प्रेरित गर्ने तथा शाखा सञ्चालन सुधार र सेवा गुणस्तर वृद्धिमा उल्लेखनीय योगदान पुराउने विश्वास व्यक्त गरिएको संस्थाले जनाएको छ ।

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५५

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम...

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर पश्चिम र नेपालगञ्जमा सम्पन्न

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सुदूर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०८:५१

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्न “हरित बचत निक्षेप खाता” सुरु गर्‍यो

कुमारी बैंकले दिगो विकास र वातावरण संरक्षणलाई...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १८:४३

काठमाडौं। दिगो विकासका लक्ष्यहरू (SDGs) प्राप्त गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...