CG Electronics
IME Life
NIMB

टीभीएसको तेस्रो ई–स्कुटर ‘अर्बिटर’ सार्वजनिक, १५८ किमी रेन्जसहित

NIMB
Himalayan Bank

 

काठमाडौं। टीभीएसले भारतमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ लन्च गरेको छ । यो कम्पनीको आईक्युब र टीभीएस एक्स पछि बजारमा आएको तेस्रो ई-स्कुटर हो । कम्पनीका अनुसार यसले एकपटक फुल चार्ज हुँदा १५८ किलोमिटरसम्मको रेन्ज दिन सक्छ ।

नयाँ अर्बिटरले एथर रिज्टा, बजाज चेतक तथा ओला एसवनएक्स मोडलसँग प्रतिस्पर्धा गर्नेछ । यसमा क्रुज कन्ट्रोल, हिल–होल्ड फंक्शन र रिभर्स पार्किङ असिस्ट जस्ता फिचर उपलब्ध छ । कम्पनीले यस स्कुटरसँग ३ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी पनि प्रदान गरेको छ ।

टीभीएसले अर्बिटरलाई दैनिक प्रयोगमा उपयुक्त बनाउने उद्देश्य राखेर डिजाइन गरेको बताइन्छ । यसको बडी आकार बक्सी–शैलीको भए पनि यो एरोडायनामिक तथा आकर्षक देखिन्छ । यसको अगाडिको एप्रोनमा एलईडी डेटाइम रनिङ लाइट राखिएको छ र ह्यान्डलबारमा एलईडी हेडल्याम्प जडान गरिएको छ । पछाडिको टेललाइट समेत कम्प्याक्ट रूपमा राखिएको छ, जसले स्कुटरलाई आधुनिक लुक प्रदान गर्छ ।

सो स्कुटरको सिट ८४५ एमएम लामो छ, २९० एमएम स्ट्रोट फुटबोर्ड र ३४ लिटरको बुट स्पेस रहेको छ । साथै यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ ।

अर्बिटरमा २.५ किलोवाट क्षमताको हब माउन्टेड इलेक्ट्रिक मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले ० देखि ४० किलोमिटर प्रतिघण्टा गति लिन ६.८ सेकेन्ड मात्र समय लिन्छ, भने यसको उच्चतम गति ६८ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ईको र सिटी गरी दुई मोड रहेको छ । सो स्कुटरमा पावरको लागि आईपी६७ रेटेड ३.१ किलोवाट ब्याट्री प्याक दिइएको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...