CG Electronics
IME Life
NIMB

नयाँ इन्टेरियर र फिचर अपडेटसहित टाटा कर्भ बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। टाटा मोटर्सले आफ्नो लोकप्रिय कुपे एसयूभी टाटा कर्भ र यसको इलेक्ट्रिक भेहिकल (ईभी) भर्सनलाई नयाँ इन्टेरियर र फिचर अपडेटसहित बजारमा ल्याएको छ।

अपडेट गरिएको कर्भमा अब अधिक आकर्षक र आरामदायी इन्टेरियर पाइने कम्पनीले जनाएको छ। नयाँ टाटा कर्भमा ‘ललितपुर ग्रे’ भनिने हल्का रंगको इन्टेरियर थिम प्रयोग गरिएको छ। यसमा बेनेके–कालिको लेदररेट अपहोल्स्ट्री र सेतो कार्बन फाइबर ड्यासबोर्ड इन्सर्ट जस्ता प्रिमियम सामग्रीहरू समावेश गरिएका छन्।

यात्राको सहजता र विलासितालाई ध्यानमा राख्दै टाटाले पछाडिका सिटमा यात्रा गर्ने यात्रुका लागि पनि नयाँ फिचरहरू थप गरेको छ। अब कर्भमा आर्मरेस्ट, सनशेड, भेन्टिलेटेड सिट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुविधाहरू उपलब्ध छन्।

यसको ईभी भर्सनमा पछाडिका यात्रुका लागि फुटरेस्ट र एर्गो–विङ हेडरेस्ट पनि थप गरिएको छ, जसले लामो यात्रामा आराम बढाउने कम्पनीको दाबी छ।

इन्जिन विकल्पतर्फ कर्भ १.२ लिटर डायरेक्ट इन्जेक्सन टर्बो–पेट्रोल, १.२ लिटर टर्बो पेट्रोल, र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ। यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन दुवै विकल्प पाइनेछ।

त्यस्तै, यसको इलेक्ट्रिक भेहिकल (ईभी) संस्करण भने ४५ किलोवाट–घण्टा र ५५ किलोवाट–घण्टा ब्याट्री प्याकमा उपलब्ध छ, जसले उत्कृष्ट रेंज प्रदान गर्ने कम्पनीले जनाएको छ।

टाटा मोटर्सले कर्भलाई आधुनिक डिजाइन, स्मार्ट टेक्नोलोजी र सस्तो मर्मत लागतका कारण आफ्नो सेग्मेन्टमा अत्यन्त प्रतिस्पर्धी मोडेलका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...