CG Electronics
IME Life
NIMB

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले दज्र्यानी चिन्ह (फुली) लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले नवनियुक्त आइजीपी कार्कीलाई दज्र्यानी चिन्ह (फुली) लगाइदिएका हुन् ।

उक्त समारोहमा बोल्दै आइजीपी कार्कीले आफूलाई महानिरीक्षकमा नियुक्त गरेकामा नेपाल सरकार, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, मुख्यसचिव, गृहसचिव तथा गृहमन्त्रालयमा सकल दर्जाका कर्मचारीसहित गृहमन्त्रालयप्रति हार्दिक कृतज्ञता प्रकट गरे । उनले नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरुप कार्यसम्पादन गर्ने प्रतिवद्धता गरे ।

‘संगठनमा सुढृण नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै एवम् प्रहरी कर्मचारीहरुको मनोवल बढाउन नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरुप निर्वाह गर्ने कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने । आइजीपी कार्कीले जेनजी आन्दोलन लगतै प्रतिकुल परिस्थितीमा पनि नेपाल प्रहरीले कुनै सुरक्षा रिक्तता रहन नदिई प्रहरी संरचनाहरु र सेवाहरुको पुनःस्थापित गर्ने सन्दर्भमा नेपाल प्रहरीले कर्तव्यप्रतिको प्रतिवद्धता र सहनशीलतालाई पुष्टि गरेको बताए ।

‘जेनजी आन्दोलन लगतैको प्रतिकुल परिस्थितीमा पनि कुनै सुरक्षा रिक्तता रहन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको अवस्था र छोटो समयमा प्रहरी संरचनाहरु र सेवाहरुको पुनस्थापित गर्ने सन्दर्भमा भएको उत्साजनक प्रवृतिले नेपाल प्रहरीको सकल दर्जाको उत्कृष्ट सेवा भाव, कर्तव्यप्रतिको प्रतिवद्धता र सहनशीलताले फेरी एक पटक पुन पुष्टि गरेकोे छ । यो साहस र सकरात्मकता नेपाल प्रहरीको शक्ति पनि हो,’ उनले भने ।

कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गत सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...