Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि चीनसँग सम्झौता

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार सम्झौता नोटको डिजाइन, छपाइ र आपूर्ति सुनिश्चित गर्न गरिएको हो ।

५० रुपैयाँ दरको ४२ करोड थान नयाँ बैंकनोटको डिजाइन, छपाइ र आपूर्तिका लागि मिति २०८२÷०४÷०९ मा बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङलाई सम्झौता गर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्झौताअनुसार यस परियोजनाको मूल्य १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख बराबर नेपाली रुपैयाँ) रहेको छ । यो प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम पूर्ण रूपमा सम्पन्न गरिएको हो । नयाँ नोट छपाइपछि बजारमा पर्याप्त आपूर्ति सुनिश्चित हुने राष्ट्र बैंकको अपेक्षा छ ।

नयाँ नोटको छपाइ र वितरणले नेपालमा नोट आपूर्ति सुधार र आर्थिक कारोबारमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ ।

 

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमै नेप्से...

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:३१

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका...

तीन महिनामा निर्यात ७२ अर्ब नाघ्याे, आयात वृद्धि दर अझै उच्च

तीन महिनामा निर्यात ७२ अर्ब नाघ्याे, आयात...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:१९

  काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा...

केन्या संसदद्वारा चन्द्र तण्डन सम्मानित, नेपाल–केन्या कूटनीति नयाँ उचाइमा

केन्या संसदद्वारा चन्द्र तण्डन सम्मानित, नेपाल–केन्या कूटनीति...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १२:५८

  काठमाडौं । नेपालका लागि केन्या गणराज्यका मानार्थ कन्सुल चन्द्र...

नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश : प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंक गर्भनरबाट विशेष शुभकामना

नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश :...

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०८:०१

काठमाडौं। नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड ८९औँ वर्ष...

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...