Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ।

पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४९ करोड ६० लाख १९ हजार रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले बीमा दाबीको ९ लाख रुपैयाँ पनि प्राप्त गरेको छ। कम्पनीको संचालन मुनाफा ३७ करोड ६५ लाखबाट बढेर ४७ करोड १६ लाख पुगेको छ । कम्पनीको कर अगाडीको नाफा भने ४३ करोड ४७ लाख रहेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। कम्पनीको रिटेन अर्निंङ १ अर्ब ७६ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख थियो। कम्पनीले आर्थिक वर्ष २०८०/८१ बाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले हालै मात्र आर्थिक वर्ष २०८१/८२ को लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति शेयर आम्दानी १३.४९ रुपैयाँबाट बढेर १६.२७ रुपैयाँ पुगेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १६७ रुपैयाँ ७८ पैसा रहेको छ। कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको छ।

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमै नेप्से...

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:३१

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका...

तीन महिनामा निर्यात ७२ अर्ब नाघ्याे, आयात वृद्धि दर अझै उच्च

तीन महिनामा निर्यात ७२ अर्ब नाघ्याे, आयात...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १५:१९

  काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा...

केन्या संसदद्वारा चन्द्र तण्डन सम्मानित, नेपाल–केन्या कूटनीति नयाँ उचाइमा

केन्या संसदद्वारा चन्द्र तण्डन सम्मानित, नेपाल–केन्या कूटनीति...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १२:५८

  काठमाडौं । नेपालका लागि केन्या गणराज्यका मानार्थ कन्सुल चन्द्र...

नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश : प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंक गर्भनरबाट विशेष शुभकामना

नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश :...

वि.सं.२०८२ कात्तिक ३० आइतवार ०८:०१

काठमाडौं। नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड ८९औँ वर्ष...

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...