CG Electronics
IME Life
NIMB

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350 सार्वजनिक, मूल्य ५ लाख ७७ हजारदेखि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ 2025 मेटियर 350 मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले आजदेखि बुकिङ र टेस्ट–राइड खुला गरेको जानकारी दिएको छ।

मेटियर 350 यसपटक फायरबल, स्टेलर, अरोरा र सुपरनोभा गरी चार भेरियन्टमा उपलब्ध छ। यी सबैमा एलईडी हेडलाइट, नयाँ रंग, सुधारिएको फिनिस, आरामदायी सिट र उन्नत राइडिङ पोस्चर जस्ता परिमार्जित फिचरहरू समावेश छन्।

३४९ सिसी क्षमताको J-series इन्जिन प्रयोग गरिएको यस मोडेलले २०.२ बीएचपी पावर र २७ एनएम टर्क दिन्छ। नेपालमा लोकप्रिय क्रूजरमध्ये रहेको मेटियरको नयाँ संस्करणले बजारमा थप प्रतिस्पर्धा ल्याउने अपेक्षा छ।

दैनिक सहरयात्रादेखि लामो टुरसम्म लक्षित गरेर बनाइएको यो मोडेलमा डिजिटल–एनालग ट्रिपर पोड ड्यासबोर्ड, USB-C फास्ट चार्जिङ, असिस्ट एन्ड स्लिप क्लच, एड्जस्टेबल लिभर, डुअल डिस्क, डुअल–च्यानल ABS, अलोय ह्विल तथा प्रिलोड एड्जस्टेबल ट्विन सक–अब्जर्बर जस्ता फिचरहरू दिइएको छ।

कम्पनीले यसका लागि अर्बन र ग्रान्ड टुरर गरी दुई प्रकारका एक्सेसरी किट पनि उपलब्ध गराएको छ।

नेपालमा मूल्य

फायरबल – रू. ५,७७,०००

स्टेलर – रू. ५,८७,०००

अरोरा – रू. ५,९१,९००

सुपरनोभा – रू. ५,९७,०००

नयाँ मोटियर ३५० मा एलईडी हेडल्याम्प, एलईडी लाइट, एलईडी टर्न इन्डिकेटर्स, डीआरएल र डिजिटल एनालग ट्रिपर पोड एलसीडी ड्यासबोर्ड रहेको छ । त्यस्तै, यसमा टाइप सी यूएसबी फास्ट चार्जिङ पोर्ट, असिस्ट एण्ड स्लीप क्लच, एड्जस्टेबल लिबर, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा प्रिलोड एड्जस्टेबल ट्वीन सक अब्जर्बर लगायत विशेषता पाउन सकिन्छ ।

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...