CG Electronics
IME Life
NIMB

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ सुशुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

विर्तामोड । नेपालकालागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशीप्रदेशको केन्द्र विर्तामोडमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले ‘पर्फेक्ट’ बनेको इलेक्ट्रिक एसयुभी दिपल एस ०५ सार्वजनिक गरेको छ । बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महत र , कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया,दिपल विर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापाले नयाँ दिपल एस ०५ लाई सार्वजनिक गरेका हुन् ।

नेपालमा सार्वजनिक भएको केही सातामै दुई सय युनिट भन्दा धेरै विक्री भइसकेको दिपल एस०५ ले अब पूर्वी नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने छ ।दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’दिइएको छ जसको चार्जिंग साइकल ५ हजार (६ लाखकिलोमिटर) को लाइफस्पान छ ।

दिपल एस०५ मादुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् ।साथै, यसमा ‘क्विनको पाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट रवान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ ।यसमासेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।

विर्तामोडमा नया शसोरुम र टेस्ट ड्राइभ र एक्सचेन्ज

यसैबीच विहीबार विर्तामोडमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा आरए मोटर्सले दिपलका अत्याधुनिक इभीको विक्री वितरण र विक्री पछिको सेवा उपलब्ध गराउनेछ ।यसै अवसरमा विभिन्न अफरहरु सहित यहाँ शनिबारबाट तीनदिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।

कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभीअवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ ।

यो एक्सचेन्जमाग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकनपाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनुहुनेछ । यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने छ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ ।

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...