CG Electronics
IME Life
NIMB

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन वाई पार्टनर’ ओमोडा एन्ड जेइकोले लिगको उत्साह मनाउँदै एक शानदार ट्रफी टुर कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विशेष रूपमा लिगका लागि ल्याइएको एआई–सञ्चालित चारखुट्टे रोबोट डगको अनावरण पनि गरेको छ ।

कार्यक्रममा एनपीएल सिजन १ का म्यान अफ द टुर्नामेन्ट रहेका क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई ओमोडा ई५ कार प्रदान गरी सम्मान गरिएको थियो, जसले दर्शकहरुलाई आफ्ना मनपर्ने टिम र प्रतियोगितासँग अझ नजिक ल्याएको थियो।

 

कार्यक्रममा ओमोडा एन्ड जेइकोको आधिकारिक शो-रुममा नेपाल प्रिमियर लिगको आकर्षक ट्रफी प्रदर्शित गरिएको थियो, जहाँ मिडिया, इन्फ्लुएन्सर, अटो-प्रेमीहरु र क्रिकेट समर्थकहरुको उपस्थिति रहेर क्रिकेटको जोश र ओमोडा एन्ड जेड़कोको खेलप्रति समर्पण झल्किएको थियो।

 

ट्रफी दुरपछि आयोजित विशेष कार्यक्रममा कम्पनीले रोबोट डगको नाम पनि सार्वजनिक गरेकाे हाे । यो क्षणले नेपाली दर्शकहरूसँग भावनात्मक सम्बन्ध र नवप्रवर्तनको शुरुवातलाई संकेत गरेको थियो। नाम सार्वजनिक गर्ने कार्य एसपीजी अटोमोबाइल्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, एसपीजी अटोमोबाइल्स प्रा.लि.का निर्देशक गौरव शारडा, ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासेडर तथा क्रिकेटर दिपेन्द्र सिंह ऐरी र एसपीजी अटोमोबाइल्सका सदस्यहरुले संयुक्त रुपमा गरेका थिए।

कम्पनीले यसअघि आफ्ना फ्यानहरुलाई डगको नाम सुझाउन आह्वान गरेको थियो। प्राप्त सुझावहरूमध्येबाट डगको नाम चंखे चयन गरिएको हो, जसको अर्थ “चतुर” हुन्छ। यसले युवाप्रेरणा, खेलकुदको विकास र प्रविधिमूलक सोचप्रति ओमोडा एन्ड जेइको को प्रतिबद्धता दर्शाउँछ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...