CG Electronics
IME Life
NIMB

बिराटनगर किंग्सलाई बलियो बनाउन नेपाल आइपुगे मार्टिन गुप्टिल र शुभम रञ्जने

NIMB
Himalayan Bank

 

काठमाडौं, नेपाल –१६ नोभेम्बर २०२५ – बिराटनगर किंग्सले आधिकारिक रूपमा दुई उच्च प्रोफाइल अन्तर्राष्ट्रिय क्रिकेटरहरू, न्यूजिल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल र अमेरिकी–भारतीयअल-राउन्डर क्रिकेटर शुभम रञ्जनेलाई नेपाल प्रिमियर लिग (एनपीएल) २०२५सिजन २ का लागि स्वागत गरेका छन्।

ह्वाइट–बल क्रिकेटमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक गुप्टिल आफ्नो शक्तिशाली ब्याटिङ, विश्वस्तरीय अनुभव र शीर्षक्रममा प्रभावशाली नियन्त्रण कायम गर्ने क्षमताका लागि परिचित छन्। एक दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा विश्वकपका धेरै संस्करणहरूमा सहभागिता जनाएका गुप्टिलको उपस्थितिले बिराटनगर किंग्सको ब्याटिङ लाइनअपलाई अझै बलियो र आत्मविश्वासी बनाएको छ।

उनलाई साथ दिदै, सन् १९९४ मार्च २६ मा भारतको महाराष्ट्र, पुणेमा जन्मिएका शुभमले २०१६–१७ को रणजी ट्रफीमार्फत मुम्बईबाट पहिलो पटक प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका थिए। त्यसयता उनले महाराष्ट्र, मुम्बई, गोवा लगायतका घरेलु टोलीका साथै हालै मेजर लिग क्रिकेटको सिएटल ओरकाजबाट पनि प्रतिनिधित्व गरेका छन्। अन्तर्राष्ट्रिय टी–२० लिगहरूमा राम्रो अनुभव भएका उनले २०२५ मा ढाका क्यापिटल्सबाट समेत खेलेका थिए।

गुप्टिलररञ्जनेले टोलीमा रहेका फाफ डु प्लेसिस, जर्ज मन्शी, साम हिजलेट लगायतका अन्तर्राष्ट्रिय स्टारहरूका साथै प्रतिभाशाली नेपाली खेलाडीहरूको बलियो टोलीसँग मिलेर खेल्नेछन्। उनीहरुको आगमनले यो सिजन उपाधि जित्ने किंग्सको लक्ष्य अझै स्पष्ट र दृढ बनाएको छ।

अनुभव र नेतृत्व दुवै लिएर आएका मार्टिन गुप्टिलरशुभम रञ्जने टोलीसँग मिसिएपछि बिराटनगर किंग्सले एनपीएल सिजन २ को आफ्नो शुरुवाती खेलबाटै प्रभावशाली खेल प्रदर्शन गर्ने तयारी गरेको छ।

 

विराटनगर किंग्सकाबारेमा:

विराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने एक क्रिकेट फ्रेन्चाइज हो। स्थानीय प्रतिभालाई उजागर गर्ने, खेल–भावनालाई प्रवर्द्धन गर्ने र समर्थक तथा समुदायसँग जोडिने मुख्य उद्देश्यसहित, किंग्सले कोशी प्रदेशलाई गौरव दिलाउने लक्ष्य लिएको छ।

 

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...