CG Electronics
IME Life
Ncell NPL

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

१ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा. लि. गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा प्रविण रेग्मीलाई नियुक्त गरेको छ।

आज बसेको सञ्चालक समितिको ११औँ बैठकले रेग्मीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो। यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिइओको जिम्मेवारी सम्हालेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा सक्रिय रहिसकेका छन्।

रेग्मीले फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसन क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभवसहित नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। बढ्दो डिजिटल कारोबार र क्यासलेस अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ।

यस अघि कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका विनय खड्का आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा हुनुभएको छ। रेग्मी PSP संघ नेपालका संस्थापक अध्यक्ष पनि हुन् र भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय योगदान दिइसकेका छन्।

आइएमई खल्ती लिमिटेडले रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने क्षमतालाई रणनीतिक विकासमा प्रयोग गर्दै कम्पनीले आगामी दिनमा उल्लेख्य सफलता हासिल गर्ने अपेक्षा गरेको छ।

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १...

वि.सं.२०८३ वैशाख २६ शनिवार १३:५८

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा...

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...