CG Electronics
IME Life
NIMB

सिप्रदी अटोपार्ट्सको लक्की ड्र: विजेताहरूले पाए मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

NIMB
Himalayan Bank

काठमाडौं, नेपाल – सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ। उच्च सहभागिता र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह भरेको यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। नोभेम्बर १४, २०२५ -कार्तिक २८_ मा आयोजित TATA Genuine Parts Tigers Meet 2025 कार्यक्रममा विशेष रुपमा लक्की ड्रका विजेताहरू घोषणा गरिएका थिए।

कार्यक्रमको प्रत्यक्ष प्रसारण सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो।
कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले भाग्यशाली विजेताहरू छानेका थिए।

यस वर्षको लक्की ड्रमा बम्पर पुरस्कार अन्तर्गत Bajaj Pulsar 150cc मोटरसाइकल Eastern Roadlife ले जित्न सफल भयो, जसले टाटा जेन्युइन पार्ट्स Banglamukhi Motor Traders, विराटनगरबाट खरिद गरेको थियो। दोस्रो ठूलो पुरस्कार TVS Ntorq 125cc काठमाडौँको कुलेश्वरस्थित Bigyan Automobiles बाट खरिद गर्ने ग्राहक सगर राउतले हात पारे। स्मार्ट टिभीको पुरस्कार Goenka Foods Pvt. Ltd. ले जित्यो, जुन बुटवलस्थित Gandaki Auto Trading बाट किनिएको थियो। यस्तै, स्मार्टफोन Wonderland Boarding School ले जित्यो, जसले डामकको S.T. Traders मार्फत खरिद गरेको थियो।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनको सुरक्षा, दीर्घायु र उत्कृष्ट प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्। यी सबै कारणले ग्राहकहरूको विश्वास र रुचि दिनप्रतिदिन बढ्दै गएको छ।

सिप्रदी अटोपार्ट्स प्रा.लि. ले नेपालभर गुणस्तरीय सक्कली पार्ट्स उपलब्ध गराउँदै, भरपर्दो बिक्रीपछिको सेवा र ग्राहकमैत्री योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

 

 

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’ नेपालमा, पहिलो ५० ग्राहकलाई ८८ लाखमै

म्याक्ससको नयाँ इलेक्ट्रिक पिकअप ‘ई–टेरोन ९ कम्फर्ट’...

वि.सं.२०८३ साउन ८ शुक्रवार ०७:५६

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले नेपाली...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...