NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

चौधरी ग्रुपद्वारा २५.५९ अर्ब कर भुक्तानी, राष्ट्रको कूल राजस्वमा २ प्रतिशतभन्दा बढी योगदान

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं — नेपालकै अग्रणी व्यावसायिक समूह चौधरी ग्रुप (CG) ले आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कूल राजस्वमा २ प्रतिशतभन्दा बढी योगदान गरेको छ। आर्थिक सुस्ती, नीतिगत अनिश्चितता तथा लगानीमैत्री वातावरण कमजोर रहेका अवस्थामा पनि समूहले राजस्व योगदानमा निरन्तर वृद्धि गरेको हो।

गत आर्थिक वर्ष २०८०/८१ मा १८.५२ अर्ब कर तिरेको समूहले यस वर्ष झन्डै ७ अर्ब रुपैयाँ बढी कर राजस्वमा बुझाएको छ। यो वृद्धि समूहको व्यापार विस्तार र लगानीगत गतिशीलता तीव्र रूपमा अघि बढिरहेको संकेतका रूपमा लिइएको छ।

चौधरी ग्रुपले पछिल्ला पाँच वर्षमा कुल ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ। आर्थिक चुनौती, आयातमा निर्भर बजार, निजी क्षेत्रमैत्री नीतिको कमी तथा लगानीमा देखिने जोखिम हुँदाहुँदै पनि समूहले राजस्व योगदानमा निरन्तर वृद्धि गर्दै आएको छ।

समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कर भुक्तानीमा देखिएको पारदर्शिताले निजी क्षेत्रप्रतिको विश्वास र उत्तरदायित्व दुवै प्रकट भएको बताएका छन्। “ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदान विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभारी छौँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले थपे, “गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वमा उल्लेखनीय योगदान गरेको छ। चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ।”

नेपालमा व्यावसायिक समूहहरूले राज्यलाई बुझाउने कर छुट्टै वर्गीकृत गरी सार्वजनिक गर्ने प्रचलन प्रस्ट नभएकाले करदाताको वास्तविक योगदानबारे सामान्य धारणा बन्न कठिन हुने उल्लेख गर्दै समूहले प्रत्येक वर्ष एकमुष्ट कर विवरण पारदर्शी रूपमा प्रकाशित गर्दै आएको जानकारी दिएको छ।

चौधरी ग्रुपका अनुसार पारदर्शिता तथा उत्तरदायित्वमा आधारित यस्तो अभ्यासले राष्ट्र निर्माणमा निजी क्षेत्रको भूमिकालाई अझ स्पष्ट मात्र बनाउँदैन, सरकारले समूहगत कर योगदान छुट्टै पहिचान गर्ने संयन्त्र विकास गर्न पनि प्रेरणा दिन्थ्यो भन्ने विश्वास लिएको छ।

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...