CG Electronics
IME Life
NIMB

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

NIMB
Himalayan Bank

 

चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज क्षेत्र चाराकिलाको श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ।

राप्ती नगरपालिका–१० मा रहेका चाराकिला बस्तीमध्ये करिब ९५ प्रतिशत जनसंख्या चेपाङ समुदायका छन्। यही बस्तीका १२७ विद्यार्थी अध्ययनरत विद्यालयमा क्लबको टोली उपस्थित भई विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको विद्यालयले जानकारी दिएको छ।

सहयोग कार्यक्रम सम्पन्न गर्न नेपोलियन चेपाङले गरेको विशेष सहयोगप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। विद्यालयका प्रतिनिधिहरूका अनुसार, प्राप्त सामग्रीले समुदायका आर्थिक एवं सामाजिक रूपमा पछाडि परेका बालबालिकामा अध्ययनप्रति उत्साह वृद्धि भएको छ।

स्थानीय शिक्षक र समुदायका सरोकारवालाहरूले विद्यालयमा पूर्वाधार, शैक्षिक सामग्री र सिकाइ वातावरणका चुनौती अझै कायम रहे पनि विद्यार्थी संख्या क्रमशः बढ्दै गएको बताए। विद्यालयले पोषण, स्वास्थ्य तथा शिक्षासम्बन्धी कार्यक्रममार्फत सिकाइ गुणस्तर सुधारका प्रयास गरिरहेको उल्लेख गर्दै स्थानीयले सम्बन्धित निकाय तथा संस्थाहरूबाट निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।

चाराकिलाको यो विद्यालय चेपाङ समुदायका बालबालिकाको शिक्षा र भविष्य निर्माणमा महत्वपूर्ण आधार बनेको भन्दै विद्यालय र अभिभावकहरूले यस्ता सहयोगले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...