CG Electronics
IME Life
NIMB

ओपो ए६ प्रो नेपाली बजारमा सार्वजनिक, लामो ब्याट्री र ८०W फास्ट चार्जिङ मुख्य आकर्षण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । ओपो नेपालले नेपाली बजारमा नयाँ ओपो ए६ प्रो स्मार्टफोन औपचारिक रूपमा सार्वजनिक गरेको छ। लामो समय टिक्ने ७०००mAh ब्याट्री, ८०W SuperVOOC फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखिएको मजबुत डिजाइन यस फोनको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ।

ओपो ए६ प्रो ८GB RAM र 256GB स्टोरेज भेरियन्टमा उपलब्ध छ। स्टेलर ब्लू र रोजवुड रेड नामका दुई आकर्षक रंगमा आएको यो फोन रु. ४०,९९९ मा नेपालभरका विक्रेताबाट खरीद गर्न सकिनेछ।

कम्पनीका अनुसार ७०००mAh क्षमताको ब्याट्रीले स्ट्रिमिङ, सामाजिक सञ्जाल, गेमिङ तथा व्यस्त दैनिक प्रयोगका लागि पर्याप्त समय दिनेछ। साथै, ८०W SupVOOC फास्ट चार्जिङ प्राविधिकले करिब एक घन्टामै फोन पूरा चार्ज गर्न सक्ने क्षमता प्रदान गरेको छ।

फोनलाई झट्का, गिरावट तथा कडा परिस्थितिलाई ध्यानमा राखी मजबुत बनावटमा तयार गरिएको ओपोले जनाएको छ। यद्यपि यसको तौल र बनावटले स्क्रिन अनुभवमा कुनै सम्झौता नगरेको दाबी कम्पनीको छ। ए६ प्रोमा १२०Hz AMOLED डिस्प्ले, १४०० निट्स पिक ब्राइटनेस र पतला बेझेल रहेको छ, जसले भिडियो हेर्नेदेखि गेमिङसम्म उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ।

प्रदर्शनतर्फ, ओपोकै Trinity Engine र Luminous Rendering Engine समावेश गरिएकाले मल्टिटास्किङ, एनिमेसन तथा समग्र चलायमानता अझै सहज बनाएको छ। त्यस्तै, AI LinkBoost 3.0 ले भीडभाड भएका स्थान वा कमजोर सिग्नल भएको क्षेत्रमा समेत नेटवर्क स्थिरता कायम राख्न मद्दत गर्ने कम्पनीको दाबी छ।

ओपोका प्रतिनिधिहरूका अनुसार ए६ प्रोले उच्च ब्याट्री क्षमता, दिगो संरचना, आधुनिक डिजाइन र सहज प्रदर्शनमार्फत नेपाली प्रयोगकर्तालाई भरपर्दो र स्थिर मोबाइल अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...