IME Life
NIMB

सरकार मुलुकलाई थप संकटमा पुर्याउन अग्रसर छ : महासचिव पोखरेल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार लोकतन्त्रलाई बहाल गर्न वा हिंसालाई शान्तिमा बदल्नका निम्ति नभई मुलुकलाई थप संकटमा पुर्याउनका लागि अग्रसर रहेको बताएका छन् ।

शनिबार भृकुटीमण्डपमा एमालेको बागमती प्रदेशस्तर जनसभालाई सम्बोधन गर्दै उनले हालको सरकार संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभई मुलुकलाई थप संकटमा पुर्याएको बताएका हुन् ।

उनले यो सरकारबाट संक्रमणकालको व्यवस्थापन हुन नसक्ने समेत दाबी गरे ।उनले भने, ‘हामीले बुझ्नु पर्दछ यो सरकार लोकतन्त्रलाई बहाल गर्नका लागि हैन, हिंसालाई शान्तीमा बदल्नलाई हैन, संक्रमणलाई राजनीतिक स्थायीत्वमा लैजानका लागि नभइ मुलुकलाई थप संकटमा पुर्याउनका लागि सरकार उद्धत र अग्रसर छ भन्ने हामीले बुझ्नुपर्दछ ।’

नेता पोखरेलले जेनजीको आवरणमा सत्तामा पुगेको सरकारले राजनीतिक दलहरुको वेवास्था गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले भने, ‘विध्वंशको जडमा र जेनजीको आवरणमा सत्तामा पुगेको यो सरकारले हरेक अंशलेसनको सिद्धान्तलाई वेवास्था गर्दै गर्दैछ । फागुन २१ गते चुनाव गर्ने हो भन्दैछ तर नेपालका प्रमुख राजनीतिक दलहरु जो जनताले विश्वास गरेका जनताका नेतालाई अहिलेको प्रधानमन्त्री भेट्न पनि चाहँदिनन् भन्ने गरेको सुनेका छौ । संक्रमणकालको व्यवस्थापन यस प्रकारको चेतनाबाट किमार्थ सम्भव हुन सक्दैन ।’

उनले नेपालको राजनीतिक इतिहासमा हरेक राजनीतिक आन्दोलन पछिको व्यवस्थापनको सन्दर्भमा पूरानो शासन व्यवस्थामा रहेका व्यक्तिहरुलाई समेत शान्तिको प्रक्रियामा ल्याउने काम हरेक पटक भएको पनि स्मरण गरे ।

 

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...