CG Electronics
IME Life
NIMB

२१ वर्षको सफल यात्रा : सानिमा बैंकले मनायो स्थापना दिवस

NIMB
Himalayan Bank

 

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ। दुई दशकभन्दा बढी समयदेखि निरन्तर, सुरक्षित, प्रविधिमैत्री र विश्वासिलो सेवा प्रदान गर्दै आएको बैंकले ग्राहकहरूको भरोसायुक्त साथलाई आफ्नो प्रमुख सफलता मान्दै आएको छ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंकको प्रगतिमा ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाको निरन्तर सहयोग मुख्य आधार रहेको उल्लेख गर्दै सबैलाई बधाई तथा धन्यवाद व्यक्त गरे।

आचार्यका अनुसार सानिमा बैंकले आगामी दिनमा पनि सहकार्य, सेवा सुधार, डिजिटल प्रविधिको प्रयोग र सामूहिक प्रयासलाई केन्द्रमा राख्दै अझ सक्षम, प्रभावकारी र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढ्ने छ। उनले सबै कर्मचारीलाई बैंकको दीर्घकालीन लक्ष्य प्राप्तिमा निरन्तर सक्रिय र उत्तरदायी बन्न प्रेरित गर्दै आफ्नो प्रतिवद्धता व्यक्त गरे।

स्थापनाकालदेखि नै स्थायित्व, आधुनिक सेवा, नवप्रवर्तन तथा ग्राहक–मैत्री नीतिलाई प्राथमिकतामा राख्दै आएको सानिमा बैंक अहिले देशभर सेवा विस्तार गर्दै अग्रणी बैंकिङ संस्थाको रूपमा पहिचान बनाउँदै आएको छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...