CG Electronics
IME Life
NIMB

एसपीजी अटोमोबाइल्सले iCar V23 को डेलिभरी सुरु गर्‍यो, इभा गिरीलाई पहिलो गाडी हस्तान्तरण

NIMB
Himalayan Bank

काठमाडौं । एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयूभी iCar V23 को औपचारिक डेलिभरी सुरु गरेको छ। कम्पनीले पहिलो गाडी नेपालकी चर्चित मोडेल तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर इभा गिरी लाई हस्तान्तरण गर्दै डेलिभरी प्रक्रिया प्रारम्भ गरेको हो।

कम्पनीका अनुसार इभा गिरीलाई गरिएको यो हस्तान्तरणले उच्च फेसन र भविष्य उन्मुख इन्जिनियरिङबीचको उत्कृष्ट संगमलाई प्रतिनिधित्व गर्दछ। एक स्थापित ट्रेन्डसेटरको रूपमा गिरीले iCar V23 रोज्नुले यस गाडीको ‘शो–स्टपर’ छवि झन् प्रस्ट भएको एसपीजी अटोमोबाइल्सको भनाइ छ।

चेरी ग्रुप अन्तर्गतको iCar V23 मा १०० किलोवाट (१३४ एचपी) क्षमताको रियर–ह्विल–ड्राइभ मोटर जडान गरिएको छ, जसले १८० एनएम टर्क उत्पादन गर्छ। यसमा सिएटिएल (CATL) को ५९.९३ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ, जसले ४०१ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्दछ।

२१० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो इलेक्ट्रिक एसयूभी सहरी यात्रादेखि लामो दूरीसम्मका यात्राका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। गाडीमा १५.४ इन्चको २.५ के सेन्ट्रल कन्ट्रोल डिस्प्ले उपलब्ध छ भने पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटर क्षमताको ट्रंक स्पेस प्राप्त हुन्छ।

एसपीजी अटोमोबाइल्सका अनुसार पूर्व–बुकिङ गरेका अन्य ग्राहकहरूका लागि पनि देशभर डेलिभरी प्रक्रिया सुरु गरिनेछ। प्रिमियम लाइफस्टाइल सेगमेन्टलाई लक्षित गरिएको iCar V23 ले नेपाली इलेक्ट्रिक सवारी बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...