CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकद्वारा स्याङ्जाको रामकोश फूलबारी माविमा पोशाक तथा शैक्षिक सामग्री वितरण

NIMB
Himalayan Bank

 

स्याङ्जा । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–४, रामकोशस्थित श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकको शाखा कार्यालय बिरौटाको समन्वयमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्र प्रमुख शिव कुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विपन्न विद्यार्थीहरूलाई प्रदान गरिएको सहयोगले उनीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रबाट यस प्रकारको सहयोगले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

त्यसैगरी, बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले शिक्षा र साक्षरताको विकासमार्फत समुन्नत समाज निर्माणमा योगदान पुर्‍याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले बैंकले भविष्यमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक र साक्षरता सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कामना सेवा विकास बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...