CG Electronics
IME Life
NIMB

हिसानको नवौँ महाधिवेशनबाट युवराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन

NIMB
Himalayan Bank

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट युवराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन्।

अध्यक्ष पदमा निर्वाचित शर्माले १६० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेका थिए। निर्वाचन परिणामले हिसानको आगामी कार्यकालका लागि नयाँ नेतृत्वप्रति सदस्यहरूको विश्वास झल्किएको छ।

वरिष्ठ उपाध्यक्ष पदका लागि आवश्यक दुई जनामध्ये डा. स्वागत श्रेष्ठ र टंकराज आचार्य निर्वाचित भएका छन्। डा. श्रेष्ठले १४७ मत प्राप्त गर्दा आचार्यले १०३ मत प्राप्त गरेका थिए। यस पदका अन्य प्रतिस्पर्धीहरूमा भेषराज पोखरेलले १००, बाबुराम पन्तले ७८ र जीवन प्रकाश शर्माले ३७ मत प्राप्त गरेका थिए।

उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्वसम्मत निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित उपाध्यक्षहरूमा आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन्।

महासचिव पदमा रामहरी सिलवाल निर्वाचित भएका छन्। उनले १४८ मत प्राप्त गर्दै जयराम खनाललाई पराजित गरेका हुन्। खनालले ११८ मत प्राप्त गरेका थिए।

सचिव पदतर्फ कृष्ण प्रसाद पौडेल, जीवन लामा गोले, पारश श्रेष्ठ, भवानी प्रसाद पौडेल, यम बहादुर रोका, राजेश कार्की र बलराम पन्त विजयी भएका छन्। उनीहरूले क्रमशः १४३, १६७, १४५, २१९, १४५, १४३ र १५५ मत प्राप्त गरेका थिए।

कोषाध्यक्ष पदमा शिव प्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् भने सह–कोषाध्यक्ष पदमा शंकर भट्टराई निर्वाचित भएका छन्।

यसैगरी, खुला सदस्यतर्फ केपी पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसी र हरीकृष्ण अर्याल निर्वाचित भएका छन्। आजीवन सदस्यतर्फ शिव प्रसाद सुवेदी चयन भएका छन्।

प्रदेशगत सदस्यतर्फ कोशी प्रदेशबाट केशव खड्का, गुणराज अधिकारी र सागर प्रसाद भट्टराई, मधेश प्रदेशबाट मुकेश प्रसाद गुप्ता र वावुसाहेव यादव, लुम्बिनी प्रदेशबाट उत्तमराज घिमिरे, गणेश भण्डारी र दिनेश भुषाल निर्वाचित भएका छन्। कर्णाली प्रदेशबाट प्रेमबहादुर दसुनी र सुदूरपश्चिम प्रदेशबाट डा. भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन्।

नव–निर्वाचित कार्यसमितिले उच्च शिक्षा तथा माध्यमिक विद्यालय क्षेत्रका समस्या समाधान, शैक्षिक गुणस्तर अभिवृद्धि र नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

 

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...