CG Electronics
IME Life
NIMB

गणेश पाण्डे बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त, चार वर्षे कार्यकाल तय

NIMB
Himalayan Bank

 

काठमाडौं । सरकारले पूर्व सचिव गणेश पाण्डेलाई नेपाल बीमा प्राधिकरणको नयाँ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् निर्णयअनुसार पाण्डेलाई आगामी चार वर्षका लागि प्राधिकरणको सञ्चालकमा नियुक्त गरिएको हो।

पाण्डे यसअघि पनि नेपाल बीमा प्राधिकरणमा सञ्चालकको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। यसपटक उनी जीवन बीमा समूहबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका छन्।

नियुक्तिपछि सञ्चालक पाण्डेले कार्यभार सम्हाल्नेबित्तिकै प्राधिकरणका दैनिक कामकारबाही थप तीव्र गतिमा अघि बढ्ने विश्वास गरिएको छ। बीमा क्षेत्रको नियमन, सुशासन तथा सुधारका विषयमा उनको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।

पाण्डेसँग वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति मन्त्रालयलगायत विभिन्न सरकारी निकायमा कार्य गरेको लामो प्रशासनिक अनुभव रहेको छ। सार्वजनिक प्रशासन र नीति निर्माणमा उनको दक्षताले बीमा क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने सरोकारवालाहरूको बुझाइ छ।

नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको नियमन, विकास तथा बीमितको हित संरक्षण गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ। पाण्डेको नियुक्तिसँगै प्राधिकरणको सञ्चालक समितिले थप अनुभव र नेतृत्व क्षमता प्राप्त गरेको विश्वास गरिएको छ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...