CG Electronics
IME Life
NIMB

सिए पढ्ने नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आइतवार काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

यो कार्यक्रम २०२६ ब्याचका विद्यार्थीहरूलाई चार्टर्ड एकाउन्टेन्ट शिक्षाको फाउन्डेसन लेवल र संस्था सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

अभिमुखीकरण कार्यक्रममा संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले विद्यार्थीलाई लेखा व्यवसाय क्षेत्रका नवीनतम परिवर्तनहरू आत्मसात गर्दै चार्टर्ड एकाउन्टेन्ट यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।

संस्थाका उपाध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले विद्यार्थीहरूलाई नयाँ सोच, जोस र जाँगरसहित योग्य पेशाकर्मी बन्न प्रयास गर्न जोड दिनुभयो भने, कार्यकारी निर्देशक सिए बिमल डंगोलले विद्यार्थीहरूलाई चार्टर्ड एकाउन्टेन्ट शिक्षामा स्वागत गर्नुभयो।

सहायक निर्देशक सिए गौरब खतिवडाले संस्था र चार्टर्ड एकाउन्टेन्ट शिक्षासम्बन्धी विस्तृत प्रस्तुतीकरण प्रदान गर्नुभएको थियो। कार्यक्रममा पार्षद् सिए हरिकुमार सिलवाल, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर सिए महाप्रसाद अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष सिए प्रविणकुमार झा, र क्याप थ्रीका टपर सागर ज्ञवालीले आफ्ना सिए यात्रा र करिअरका विविध आयामसम्बन्धी प्रेरणादायी वक्तव्य दिनुभयो।

कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा करिब ४२५ विद्यार्थीहरू भौतिक रूपमा सहभागी भएका थिए।

आइक्यानले यस किसिमका अभिमुखीकरण कार्यक्रमहरूलाई निरन्तरता दिँदै नयाँ विद्यार्थीहरूलाई चार्टर्ड एकाउन्टेन्ट शिक्षामा सहज प्रवेश र प्रेरणा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...