CG Electronics
IME Life
NIMB

मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन

NIMB
Himalayan Bank

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धी परियोजनाको उद्घाटन गरेको छन । अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आइएमएस) प्रणालीको स्विच अन गरी उनले औपचारिक रूपमा परियोजनाको उद्घाटन गरेका हुन् ।

यो क्षमता अभिवृद्धीसँगै अब एनसेलले यो डाटा सेन्टरमार्फत ५० लाख सक्रिय ग्राहकहरुलाई भोल्टे सेवा दिन सक्ने भएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।

त्यसैगरी, एनसेलको भोवाइफाइ भनेको यस्तो प्रविधि हो जसले प्रयोगकर्तालाई कुनै पनि वाइफाइको प्रयोग गरेर आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र रिसिभ गर्न सक्षम बनाउँछ । यसमार्फत प्रयोगकर्ताले एचडी भ्वाइस कल र एसएमएस पठाउन सक्छन् । विशेष गरी मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवनहरू वा दुर्गम ठाउँहरू जहाँ स्थिर वाइफाइ उपलब्ध हुन्छ त्यस्ता ठाउँहरुमा भोवाइफाइमार्फत सहजै सम्पर्कमा रहन सकिन्छ ।

मन्त्री खरेलले पोखराका विभिन्न कार्यलयको निरीक्षण, अवलोकन तथा भेटघाट गर्ने क्रममा पोखरामा रहेको एनसेलको डिजास्टर रिकभरी सेन्टरका रुपमा संचालित डाटा सेन्टरको अवलोकन भ्रमण गरेका हुन् । एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए ।

अवलोकन भ्रमण पश्चात मन्त्री खरेलले भने, “डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलका यस्ता पूर्वाधारले निरन्तर साथ दिइरहेको छ र डिजिटलाइजेसन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको पोखरा डाटा सेन्टर एक रहेको छ ।” साथै उनले डाटा सेन्टरको सञ्चालन र व्यवस्थापनको प्रशंसा गरे ।

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर श्रेष्ठले यो डाटा सेन्टर सन् २०१२ मा स्थापना गरी सञ्चालनमा ल्याइएको बताए र नेपालको दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रका एक प्रमुख पूर्वाधारको भूमिका निभाउँदै आएको बताए । “भोल्टेको क्षमता अभिवृद्धीपछि अब कम्पनीले यो आधुनिक सेवा अझ धेरै ग्राहकहरुलाई प्रदान गर्न सक्ने भएको छ,” उनले भने ।

श्रेष्ठ र एनसेलका अन्य जिम्मेवार शाखाका कार्मचारीहरुले पोखरा डाटा सेन्टरको काम, क्षमता, प्राविधिक पक्ष, दूरसञ्चार र सूचना प्रविधिमा उक्त डाटा सेन्टरको भूमिकालगायतका बारेमा मन्त्री खरेललाई जानकारी गराएका थिए ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...