NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

माछापुच्छ्रे बैंक र साइप्रसस्थित स्मार्ट पेबीच रेमिट्यान्स सम्झौता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्स सेवालाई अझ सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ।

साइप्रस, ग्रीस, पोर्चुगल तथा अन्य युरोपेली देशहरूमा रहेका नेपालीहरूलाई नेपालमा सहज रूपमा रेमिट्यान्स पठाउने उद्देश्यले माछापुच्छ्रे बैंकले स्मार्ट पेसँग सहकार्य गरी विधिवत रूपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो। उक्त सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट प्रमुख सञ्चालन अधिकृत स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गर्नुभएको थियो।

सम्झौतापछि युरोपेली देशहरूमा रहेका नेपालीहरूले साइप्रस, ग्रीस, पोर्चुगल तथा अन्य युरोपेली मुलुकबाट स्मार्ट पेका सबै प्रतिनिधि कार्यालय, मोबाइल एप तथा अनलाइन सेवामार्फत ‘डाइरेक्ट रेमिट’ गरी नेपाल रकम पठाउन सक्नेछन्। पठाइएको रकम माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत देशभर सहज रूपमा भुक्तानी लिन सकिनेछ।

साथै, स्मार्ट पे र डाइरेक्ट रेमिटमार्फत पठाइएको रकम नेपालका जुनसुकै बैंकका खातामा समेत तुरुन्त जम्मा हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

स्थापनाकालदेखि नै नवीन प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन प्रतिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर गरी जम्मा २७४ स्थानबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले १९९ वटा एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...