CG Electronics
IME Life
NIMB

सूर्य नेपाल सेन्ट्रल ओपन, दोस्रो दिन एमेच्योर राहुल शीर्षस्थानमा कायमै

NIMB
Himalayan Bank

 

काठमाडौं ।‌ सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।‌

गोकर्ण गल्फ क्लबमा राहुलले ५-अन्डर ६७ को स्कोर बनाए। समग्रमा ११-अन्डर १ सय ३३ को स्कोरमा राहुलले प्रोफेसनल खेलाडी भुवन कुमार रोक्कालाई ७ स्ट्रोकले पछि पारे। भुवन समग्रमा ४-अन्डर १ सय ४० को नतिजामा दोस्रो स्थानमा उक्लिए। उनले आज ५-अन्डर ६७ स्कोर गरे। आज इभन-पार ७२ खेलेका जयराम श्रेष्ठ समग्रमा १-अन्डर १ सय ४३ को स्कोरमा तेस्रो स्थानमा तल झरे।

समग्रमा १-ओभर १ सय ४५ को स्कोर बनाएका भुवन नगरकोटी चौथो स्थानमा उक्लिए। उनले दोस्रो दिनको खेल इभन-पार ७२ मा सकाए। समग्रमा २-ओभर १ सय ४६ को स्कोर बनाएका नेपाल नम्बर १ प्रो निरज तामाङ (६९), शुक्र बहादुर राई (७१) , दिनेश प्रजापति (७३) तथा एमेच्योर रुबेन थापा (७०) ले संयुक्तरुपमा पाँचौं स्थान बाँडे।

यस्तै ४-ओभर १ सय ४८ स्कोरमा रबि खड्का (७१) , प्रदीप कुमार लामा (७५) तथा एमेच्योर फुन्सो नोर्बु लामा (७५) संयुक्तरुपमा आठौं स्थानमा रहे।

उपाधि रक्षा गर्ने दाउमा रहेका राहुलले फ्रन्ट नाइनमा ३-अन्डर ३३ खेले। उनले दोस्रो, तेस्रो, पाँचौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे भने चौथो र छैटौं होलमा बोगी खेपे। यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा पनि एक-एक सट बचाए। तर १५औं र १६औं होलमा लगातार दुई बोगी प्रहार गर्न पुगे। यो सँगै उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए।

भुवन रोक्काले आज ५-अन्डरको स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ खेले। पहिलो, तेस्रो, पाँचौं र आठौं होलमा चार बर्डी प्रहार गरे। छैटौं र सातौं होलमा एक-एक सट खेर फाले। यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गरे। उनले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए।

जयरामले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन १-ओभर ३७ मा पुरा गरे। तेस्रो देखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गरे। तर आठौं होलमा डबल बोगी खेपे। यसपछि १०औं, १७औं र १८औं होलमा बर्डी प्रहार गरे पनि ११औं र १६औ होलमा बोगी र फेरि १५औं होलमा डबल बोगीको समाना गरे।

११-ओभर १ सय ५५ स्कोर गरेका १८ प्रोफेसनल र ६ एमेच्योर गरी २४ खेलाडीले कट बनाएका छन्। प्रोतर्फ सूर्य प्रसाद शर्मा, तोरण विक्रम शाही, दीपक मगर, किसन कालीराज सुनार, धन बहादुर थापा, टंक बहादुर कार्की, कुमार कामी, रमेश अधिकारी र रामे मगरले कट बनाए। एमेच्योरतर्फ साम डोबलार्ड, टासी छिरिङ र बलराम पौडेलले पनि कट बनाए।

११-ओभर १ सय ५५ स्कोर बनाए पनि काउन्ट ब्याकमा एमेच्योर वाङ्चेन ढोनमडुपसँगै भीमसेन चौलागाई, सञ्जय लामा र सबिन सापकोटाले कट बनाउन सकेनन्।

यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले १ लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन्।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...