CG Electronics
IME Life
NIMB

विदेशी लगानी र ऋण व्यवस्थापन सहज बनाउँदै राष्ट्र बैंक, विनियमावलीमा पाँचौ संशोधन

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र सहज बनाउँदै विनियमावली, २०७८ मा पाँचौ संशोधन गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी विदेशी विनिमय व्यवस्थापन विभागमार्फत बैंक तथा वित्तीय संस्था र सम्बन्धित निकायका लागि यो परिपत्र जारी गरिएको हो।

संशोधित व्यवस्थाअनुसार अब विदेशी लगानी हुने कम्पनी वा उद्योगमा सम्भाव्यता अध्ययन, कम्पनी तथा उद्योग दर्ता र पूर्व सञ्चालन खर्चका लागि विदेशी लगानीकर्ताले विदेशी मुद्रा बैंकिङ प्रणालीमार्फत नेपाल भित्र्याउन सक्नेछन्। यसका लागि विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको छुट्टै स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यस्ता खर्चबापत भित्रिएको रकम लेखापरीक्षकबाट खर्च प्रमाणित गरिएमा कम्पनी वा उद्योगको कायम हुने चुक्ता पुँजीको अधिकतम ३ प्रतिशतसम्म विदेशी लगानीमा गणना गर्न सकिनेछ र सो रकम विनियमअनुसार लेखाइन गर्नुपर्नेछ। तर, विदेशी लगानी हुन नसकेको अवस्थामा वा गणना गरिएको रकमभन्दा बढी रकम भएमा त्यस्तो रकम फिर्ता पठाउन नपाइने व्यवस्था गरिएको छ।

यसरी भित्रिएको रकम बैंक तथा वित्तीय संस्थाले इच्छुक विदेशी लगानीकर्ता वा निजको आधिकारिक स्थानीय प्रतिनिधिको खातामा जम्मा गरिदिन सक्नेछन्। स्थानीय प्रतिनिधिको खातामा जम्मा गरिने अवस्थामा अनुसूचीअनुसारको निवेदन बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा लिनुपर्नेछ।

त्यसैगरी, विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरिसकेपछि लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ। तर, स्वीकृति पाएपछि विदेशी मुद्रा भित्र्याउनुअघि सम्बन्धित एकाइमा तोकिएको ढाँचामा लिखित जानकारी दिनुपर्नेछ। नेपाल भित्रिएको विदेशी लगानीको रकम बैंक तथा वित्तीय संस्थाले आवश्यक कागजातको यकिन गरी सम्बन्धित कम्पनी, उद्योग वा विदेशी लगानीकर्ताको खातामा जम्मा गर्नेछन्।

संशोधनमार्फत विदेशी ऋण भुक्तानी प्रक्रियालाई पनि सरल बनाइएको छ। राष्ट्र बैंकबाट स्वीकृत तथा लेखाइन भइसकेको विदेशी ऋणको साँवा र ब्याज भुक्तानीका लागि आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा अब बैंक तथा वित्तीय संस्थामार्फत नै प्राप्त गर्न सकिनेछ र यसका लागि राष्ट्र बैंकको थप स्वीकृति आवश्यक नपर्नेछ। ऋणीले तोकिएका कागजातसहित बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्नेछ र सम्पूर्ण कागजात प्राप्त भएको मितिले सात कार्यदिनभित्र बैंकले निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। विदेशी ऋणको भुक्तानी गर्दा जुन देश र ऋणदाताबाट ऋण आएको हो, सोही ऋणदाताको नाममा रहेको सोही देशको बैंक खातामा रकम जम्मा हुने गरी भुक्तानी गर्नुपर्ने स्पष्ट व्यवस्था पनि गरिएको छ।

संशोधनले विदेशमा लगानीसम्बन्धी नियमनलाई समेत समेटेको छ। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐनअनुसार छुट प्राप्त उद्योगले विदेशमा लगानीका लागि आवश्यक विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्नेछन्। औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनअनुसार सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पुँजीको सीमाभित्र रही सूचना प्रविधि क्षेत्रमै विदेशमा लगानी गर्न विदेशी मुद्राको सटही सुविधा पाउने व्यवस्था गरिएको छ।

यसका लागि सूचना प्रविधि उद्योगले पछिल्ला तीन आर्थिक वर्षमा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्नेछ। त्यस्ता उद्योगले विदेशमा लगानीका लागि पाउने विदेशी मुद्राको अधिकतम सीमा पछिल्ला तीन आर्थिक वर्षको औसत विदेशी मुद्रा आर्जनको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबर (दुईमध्ये जुन कम हुन्छ) सम्म तोकिएको छ। यद्यपि, अमेरिकी डलर २० हजार वा सो बराबरसम्मको विदेशमा लगानीका लागि भने यी सीमाले बाधा नपु-याउने व्यवस्था गरिएको छ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...