CG Electronics
IME Life
NIMB

नाडाको नयाँ कार्यकारिणी समिति सर्वसम्मत रूपमा निर्वाचित

NIMB
Himalayan Bank

 

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको निर्वाचन प्रक्रिया विधान, नियमावली तथा प्रचलित कानुनी व्यवस्थाअनुसार पारदर्शी र विधिसम्मत रूपमा सम्पन्न भएको छ। निर्वाचन अधिकृतको प्रत्यक्ष निगरानीमा सम्पन्न प्रक्रियाबाट नाडाको नयाँ कार्यकारिणी समिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो।

मिति २०८२/०९/०९ मा सम्पन्न ४९औँ वार्षिक साधारण सभाको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्राप्त निर्देशन तथा स्वीकृतिका आधारमा निर्वाचन प्रक्रिया अघि बढाइएको नाडाले जनाएको छ।

निर्वाचन अधिकृत कार्यालयद्वारा प्रकाशित कार्यक्रमअनुसार अध्यक्ष पदमा १, प्रदेश सदस्य पदमा ७ र साधारण सदस्य पदमा १८ उम्मेदवारी दर्ता भएका थिए। तीमध्ये साधारण सदस्यतर्फ १ उम्मेदवारी फिर्ता भएपछि अन्तिम रूपमा अध्यक्षमा १, प्रदेश सदस्यमा ७ र साधारण सदस्यमा १७ उम्मेदवारी कायम भएका थिए।

उम्मेदवार संख्या पदसंख्यासँग बराबर भएकाले प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नपरेको र यसै कारण पौष २५ गतेका लागि तय गरिएको मतदान कार्यक्रम रद्द गरिएको नाडाले जानकारी दिएको छ। निर्वाचनको औपचारिक परिणाम भने सोही दिन नाडा कार्यालयबाट घोषणा गरिनेछ।

नाडाले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै सदस्यहरूको सहयोग, विश्वास र सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गरेको छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...